सीमा अतिक्रमण विरुद्ध प्रदर्शनमा उत्रिएका नेबिसंघका १५० भन्दा बढी नेता-कार्यकर्ता पक्राउ

2020-05-12

काठमाडौं - भारतले अतिक्रमण गरेको लिपुलेक सहितको भूभाग फिर्ता ल्याउ भनेर बिरोध प्रदर्शनमा उत्रिएका नेबिसंघका दर्जनौ नेता कार्यकर्ता माइतिघरबाट पक्राउ परेका छन्।

नेबिसंघ केन्द्रीय समितिको आयोजनामा माइतिघर मण्डलाबाट प्रदर्शनको क्रममा नेबिसंघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरु बलदेव तिमल्सिना, दिपक भट्टराई, उर्मिला थपलिया, युबराज पाण्डे, प्रभात दाहाल पक्राउ परेका छन्।

प्रहरीले पटक पटक गरी नेबिसंघका १५० जना नेता कार्यकर्ता पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखेको महामन्त्री तिमिल्सिनाले जानकारी दिए। नेपाली भुमी फिर्ताको माग गर्दै नेबिसंघको केन्द्रीय समितिको निर्देशनमा देशभर प्रदर्शन भएको महामन्त्री युवराज पाण्डेले बताए। देशैभरीबाट नेबिसंघका सयौं नेता कार्यकर्ता पक्राउ परेको अध्यक्ष ढुंगानाले बताए।

नेबिसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेल प्रहरीले पक्राउ गर्दा घाइते भएका छन्। हनुमानस्थानबाट पक्राउ परेका ढुंगेलको अनुहारमा चोट लागेपछि उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ