भारतले सिमा मिचेर सडक बनाएको विषयमा चीनसँग पनि वार्ता गर्नुपर्छ : प्रचण्ड

2020-05-11

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्घाटन गर्ने भारतीय कदम त्रिदेशीय मुद्दा भएकाले नेपाल, भारत र चीनबीच कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै प्रचण्डले यो त्रिदेशीय समस्या भएकाले भारतसँग मात्रै नभई चीनसँग पनि कुटनीतिक वार्ता गर्नुपर्ने बताएका हुन्।

‘नेपाली भूमिमा हुने क्रियाकलापबाट भारतमात्र नभइ चीन पनि पछि हट्नुपर्छ र यो समस्या समाधानका लागि त्रिदेशीय वार्ता गर्नुपर्छ,’ उनले भने। उनले नेपाली भूमिमा चीन र भारतको सहमतिबाट व्यापारिक उद्देश्यले सडक खुलाइएको बताए।

उनले यो विषयका बारेमा आफूले प्रधानमन्त्री केपी ओलीलाई भेटी छलफल गरिसकेको र यसलाई गम्भीरताका साथ उठाउन पनि पहल गरिरहेको बैठकलाई जानकारी दिए। ‘यो बेला पनि यस विषयलाई गम्भीर रुपमा लिएर पहल गरिएन भने हामी चुक्छौं, ठोस पहल गर्नुपर्छ भनेर मैले प्रधानमन्त्रीलाई भनें र त्यसपछि पार्टीका तर्फबाट वक्तव्य पनि निकाल्यौं,’ उनले भने।

सीमा विवादको विषय अन्तर्राष्ट्रिय अदालतमा लैजान पनि समितिका सदस्यहरुले माग गरेका थिए। तर यस विषयमा भने प्रचण्ड सकारात्मक देखिएनन्। अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषय भयो कि भएन भनेर सोच्नुपर्ने पनि उनले बताएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ