स्थानीय उत्पादनलाई बजारसम्म ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री भट्ट

2020-05-06

काठमाडौँ - कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ४३ औं दिनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकारहरुसँग छलफल गरेका छन् ।

मूलतः छलफल विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीका कारण सिर्जित मुलुकको वर्तमान अवस्था, आगामी नीति तथा कार्यक्रम, बजेटमा समेटिनुपर्ने विषयहरु र लकडाउनको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका गतिविधिमा केन्द्रित थियो । प्रस्तुत छ, छलफल कार्यक्रममा मन्त्री भट्टले व्यक्त गरेका भनाइ:

कोरोनाभाइरसको महामारीले निम्त्याएको यो जटिल अवस्था र भोलि कसरी अगाडि बढ्नेबारे सरकार गम्भीर ढंगबाट अगाडि बढिरहेको छ । लकडाउनको अवस्थामा सवैभन्दा ठूलो समस्या भनेको आपूर्तिको हो । यसलाई सहज बनाउन हामी प्रयत्नरत छौं । कालोबजारी अनि मूल्यवृद्धि हुन नदिन सरकारले ७७ वटै जिल्लाका वाणिज्य कार्यालयहरुबाट सक्रियता बढाएको छं । वाणिज्य कार्यालय नभएको ठाऊँमा पुलिस, प्रशासनसँग समन्वयन गरी अनुगमनको काम भइरहेको छ ।

खाद्य आपूर्तिको समस्या उपत्यकामा खासै देखिएको छैन । खाद्य पसलहरुलाई सामाजिक दुरी कायम गरी पसल खोल्न दिएका छौं ।

भारतबाट फलफूल तथा तरकारी भित्रिएकोबारे गलत बुझाइ देखिएको छ । भारतलगायत अन्य मुलुकबाट आउने सामानले भन्सारमा क्वारेन्टाइन समय पुरा गरेरमात्र प्रवेश पाउने भएकाले कोरोना भित्रिने सम्भावना हुँदैन । हाम्रो मुलुकको उत्पादनले पूर्णरुपमा धान्न सक्ने अवस्था नभएकाले पनि बाहिरी मुलुकबाट खाद्यान्न, तरकारी तथा फलफूल भित्र्याउन जरुरी छ ।

स्थानीय उत्पादन बजारसम्म कसरी ल्याउने भन्ने अहिले एउटा समस्या देखिएको छ । पहिले विचौलियाले तरकारी तथा फलफूललाई बजारसम्म ल्याउने काम गर्दा आपूर्ति सहज भएको थियो तर अहिले लकडाउनका कारण यो सम्भव भएन । तर, सरकारले केही सहकारीहरुसँग छलफल गरेको छ । स्थानीय निकायहरुसँग छलफल गर्ने स्थानीय उत्पादनलाई बजारसम्म ल्याउनेबारे हामीले छलफल गरेका छौं । जस्तोः राजधानी नजिकका जिल्लाहरु काभ्रे, पनौती, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, नवलपरासी आदिबाट कसरी सामान ल्याउने भन्नेबारे हामीले छलफल गरेका छौं ।

उपभोग्य वस्तुहरु भारतबाट आयात गरिएन भने डिमान्डअनुसार पु¥याउन सक्ने अवस्था नै छैन । अहिलेको खाद्यान्नको अवस्था हेर्ने हो भने लकडाउनको पहिलो हप्ताको तुलनामा १३६ प्रतिशतले आयात बढेको छ । त्यसैगरी, तरकारी तथा फलफूल ३६ देखि ३८६ प्रतिशतको बीचमा आयात भइरहेको छ । पेट्रोलियम पदार्थ नियमित आइरहेको छ र अहिलेको आवश्यकतालाई धानिरहेको छ ।

अहिले ग्याँसको पनि अभाव छैन । सुरुमा ग्याँसबारे जुन खालको हल्ला भयो, अभाव हुन्छ भन्दै आवश्यकता भन्दा बढी आयात पनि भयो र मानिसहरुले घरघरमा जम्मा पनि गरे । जसले गर्दा धेरै ग्याँस घरभित्र स्टक भयो । अब भित्र रहेको खाली सिलिण्डर कसरी बाहिर ल्याउने भनेर आधा ग्याँस सिलिण्डर ग्याँस भरेर घरभित्र स्टक ग्याँसलाई बाहिर ल्यायौं । तर अहिले उद्योगी व्यवसायी ग्याँस विक्री नभएको बताइरहेका छन् । यसको कारण सुरुमा धेरै ग्याँस जम्मा गर्नु नै हो ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र नेपालमा किन नघटेको बारे प्रश्न उठेका छन् । नेपालको अवस्थामा अहिले घटाउने तर पछि फेरि बढाउनु पर्ने अवस्था आएमा बढाउन सकिन्छ कि सकिँदैन भन्नेबारे आँकलन गर्नुपर्ने देखियो । त्यसैले पेट्रोलियम पदार्थमा घटाउने जुन मूल्य छ त्यो ‘कोभिड १९’ राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ । राहत कोष जनता कै लागि भएकाले यो उचित ठानिएको हो ।

त्यसैगरी, अहिले फेरि ग्याँसको मूल्य घटेर आएको छ । पहिले नेपाल आयल निगमले प्रतिसिलिण्डर ३ सय रुपैयाँ घाटा खानुपरेको अवस्था थियो । तर अहिले मूल्य घटाउने तर भोलि फेरि मूल्य बढेर आउँदा यहाँ पनि बढाउनु पर्दाको अवस्थामा बढाउन सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गर्नुपर्ने हुन्छ । र, यो भारतको बजारसँग पनि तुलना गर्नुपर्ने हुन्छ ।

अहिले नेपालको उत्तरी नाका पनि खुलेको छ । नेपालकै केही स्थानीय निकाय तथा स्थानीय नेतृत्वले नाका खोल्दा कोरोना भित्रिन सक्ने भन्दै नाकाबाट सामान आयात गर्न रोक लगाएका छन् । जोखिम बढ्न सक्ने भन्दै केरुङ नाका अझै संचालनमा ल्याउन सकिएको छैन ।

भारतसँग जोडिएका नाकाहरुमा भने काँकडभिट्टा बाहेक अन्य नाकाबाट सामान भित्रिरहेका छन् । काँकडभिट्टामा नेपाली पक्षले नै अवरोध गरेपछि नाका बन्द गरिएको हो । तर अन्य नाकाहरुबाट आयात भइ नै रहेको छ ।

नेपालमा अहिले भारतबाट आउने कुनै पनि सामानको अभाव छैन । तेस्रो मुलुकबाट आउने सामान पनि आइरहेको छ । ती सवै सामानलाई क्वारेन्टाइन अवधि पुरा गराएर डिसइन्फेक्ट गरेर मात्रै ल्याइन्छ । ढुवानीको अवस्थामा विरगंज आइसीपी र आइसीडीमा ठूलो मात्रामा कन्टेनरहरु र ट्रकहरु छन् । ती विस्तारै खाली हुँदै जानेछन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ