एक साता लकडाउन लम्ब्याउन समितिको सिफारिस

2020-05-06

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्ने तयारी गरेको छ। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन २५ गते सकिन लागेको अवस्थामा समितिले लकडाउन थप गर्ने गरी सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो।

बुधबार बस्ने मन्त्रिपरिषद बैठकले हप्तादिन सम्मका लागि लकडाउन थप गर्न सक्ने समिति बैठकमा सहभागी एक मन्त्रीले बताए। लकडाउनबाट कोरोना रोग नियन्त्रण गर्न सरकार सफल भएको भन्दै थप प्रभावकारी बनाउँदै लग्ने निर्णयसमेत समितिले गरेको छ।

बुधबार बेलुका बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको म्याद थपको निर्णय गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीसमेत सहभागी भएको समिति बैठकले लकडाउन लम्ब्याउन यकिन दिनबारे भने खुलाएको छैन।

कोरोना भाइरसको संक्रमण फैलने जोखिम उतिकै रहेको भन्दै लकडाउन तत्काल खुला नगर्न विज्ञहरुले सुझाव दिएका छन्। समितिको बैठकमा विज्ञहरूले तत्काल लकडाउन खुला गर्दा मानिसको आवतजावत बढ्ने र एक ठाउँमा भएको संभावित जोखिम अन्यत्र पनि फैलन सक्ने भन्दै लकडाउन तत्काल खुला नगर्न सुझाव दिएका हुन्।

मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउनबारे केकस्ता निर्णय गर्ने भन्नेबारे छलफल भएको थियो। विज्ञहरूको सुझाव आएपछि समितिले पनि लकडाउन अवधि बढाउने निष्कर्ष निकालेको छ। तर कति दिन लकडाउन गर्ने भन्ने बाेरे केही पनि निर्णय नभएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए। 'यसबारे भोलि बस्ने क्याबिनेटले निर्णय गर्नेछ,' ती मन्त्रीले भने।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुरक्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सहि रहेको निष्कर्ष बैठकले निकालेको बताएका थिए।

लक डाउन कति समय थप हुन्छ भन्ने विषयमा केही नभनेपनि उनले ‘लक डाउन लम्बिन सक्छ’ मात्र भनेका छन्। नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएको निष्कर्ष बैठकले निकाल्दै यसलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको उनको भनाइ छ।

मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उनले भने, ‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको संक्रमण तथा रोकथामका लागि भएका सबै प्रयास र संक्रमणको अवस्थाका विषयमा छलफल भएको छ। लकडाउनका कारण नागरिकको जिउज्यानको सुरक्षा गरी संक्रमणलाई नियन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बेठकले निकालेको छ। यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ।’ प्रधानमन्त्री केपी शर्मा ओली समेतको सहभागितामा समन्वय समितिको बैठक बसेको हो ।

यसअघि पनि समितिको सिफारिसमा १० दिन लकडाउन लम्ब्याइएको थियो। गत वर्ष चैत ११ गतेदेखि सरकारले निरन्तर रूपमा लकडाउन बढाउँदै आएको छ। यसअघि सरकारले थप गरेको लकडाउन पर्सि (बैसाख २५ गते) सकिँदैछ।

लकडाउन अवधि बढ्दै गएको र यसले समग्र जनजीवनमा असर पारेको भन्दै गृहमन्त्रालयले छलफल थालेको थियो। स्वास्थ्य तथा जनसंख्यमन्त्री भानुभक्त ढकालले पनि विधान व्यवस्थापन समितिको बैठकमा पुगरे सरकारले लकडाउनको स्वरुप फेर्नेबारे छलफल गरिरहेको बताएका थिए। तर समितिले भने अझ पनि कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै लकडाउन थप गर्ने तयारी गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ