स्थायी कमिटीका लागि प्रस्ताव तयार गर्ने जिम्मा प्रचण्ड र विष्णु पौडेललाई

2020-05-05

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन् ।

सोमबार बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् । अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।

बालुवाटारमा सोमबार भएको दुई अध्यक्षवीचको भेटमा गत मंसिर ४ गतेको सहमतिमै फर्किने गरी त्यसको व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको स्रोतले जनायो ।

मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।

सो निर्णयमा पार्टीका बैठकको अध्यक्षता ओली र प्रचण्डले संयुक्त रुपमा गर्ने तर आमरुपमा बैठकको अध्यक्षता प्रचण्डले गर्ने भनिएको थियो । सो निर्णयपछि एउटा स्थायी कमिटी बैठक प्रचण्डले सञ्चालन गरे पनि केन्द्रीय कमिटी र सचिवालय बैठकहरु संयुक्त अध्यक्षतामै सञ्चालन भएका छन् ।

नेकपाले स्थायी कमिटी बैठक वैशाख २५ गते बोलाएको छ । स्थायी कमिटीअघि २४ गते बस्ने सचिवालय बैठकमा अध्यक्ष र महासचिवले तयार पारेको प्रस्तावमाथि छलफल हुनेछ । स्थायी कमिटी बैठकमा सचिवालयबाट सहमतिको प्रस्ताव जाने नेकपा स्रोतले जनाएको छ ।

पछिल्ला सचिवालय बैठकहरुमा त प्रचण्डको कुर्सीसमेत अन्य सदस्यहरुसँग राखिएपछि उनले असन्तुष्टि जनाउँदै आएका थिए । पार्टी बैठक बोलाउने र सन्चालन गर्ने काममा आफूलाई ओलीले असहयोग गरेको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका थिए । वैशाख २० गतेको बैठकमा पुनः प्रचण्डको कुर्सी ओलीसँगै राखिएको थियो ।

नेकपा स्रोतका अनुसार अब पार्टी सन्चालनको मुख्य जिम्मेवारी व्यहावरिक रुपमै प्रचण्डले पाउनेछन् । त्यस्तै ओली मूल रुपमा सरकार सन्चालनमा केन्द्रित हुने गरी प्रस्ताव तयार हुन लागेको छ । यसका साथै पार्टीलाई सहमतिमा सञ्चालन गर्ने सन्दर्भमा अन्य केही प्रस्ताव पनि छलफलमा रहेको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो–दुई अध्यक्षबीच शनिबारको बैठकअघि के गोप्य सहमति भयो भन्ने धेरैलाई चासो छ । तर, उहाँहरुबीच अरु केही होइन, मंसिर ४ गतेको सहमति दुवैले अक्षरशः पालना गर्ने भन्नेमै समझदारी भएको छ । त्यसो हुँदा प्रचण्ड पार्टी सञ्चालनमा र ओली सरकार सञ्चालनमा एक अर्कासँग सहमतिका साथ केन्द्रित हुनुहुन्छ ।

अन्य नेताहरुको व्यवस्थापन र कतिपय कार्यविभाजनमा नमिलेका भए सहमतिका साथ प्रस्ताव लगेर मिलाउने गृहकार्य भइरहेको स्रोतले जनाएको छ । दुवै अध्यक्षले सोही निर्णयको अक्षर र भावनाका साथ अघि बढ्ने समझदारीपछि पार्टीमा उत्पन्न संकट समाधानको दिशामा गएको नेताहरुले बताएका छन् ।

ओली र प्रचण्डबीचको भित्री सहमतिबारे अझै नेकपामा आशंका छ । आइतवार आफू निकट नेताहरुसँगको छलफलमा माधव नेपालले प्रचण्ड र आफू एकै ठाउँमा रहेको बताएका थिए । नेपाल पक्षले एक व्यक्ति एक पदको मर्म अनुसार चल्नुपर्ने अडान राखिरहेको छ ।

यसबीचमा ओलीले सरकार सञ्चालनमा पार्टीको निर्देशन अनुसार अघि बढ्ने,मन्त्रिपरिषद उपयुक्त समयमा पुनर्गठन गर्ने र कतिपय नेताहरुको कार्यविभाजनमा समेत सहमतिका साथ हेरफेर गर्ने सहमतिमा भएको चर्चा चलिरहेका छ ।

अध्यक्ष प्रचण्ड र महासचिव पौडेलले बुधवार बिहानसम्म सहमतिको प्रस्ताव तयार पारेपछि पुनः दुई अध्यक्षबीच छलफल भएर सचिवालयमा जानेछ ।

 

 

अनलाइन खबरबाट

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ


नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण ललितपुरमा १ जनाको मृत्यु भएपछि मर्नेको संख्या ५ पुगेको

पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना संक्रमण

नवलपरासी - पूर्वी नवलपरासीमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ ।

नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा कोरोना संक्रमणको वृद्धिदर तिब्र हुँदै गएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । मंगलवार ९० जनामा कोरोना

बुधवार संसदमा किन पेश भएन संविधान संशोधन विधेयक ?

काठमाडौं - संविधान संशोधनका लागि सरकारले प्रस्तावकोे कार्यसूची बुधबारको बैठकमा प्रवेश नगरेपछि राजनीतिक वृत्तमा तरंग ल्याएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी

आज जेठ १५ अर्थात गणतन्त्र दिवस, सबैमा शुभकामना !

काठमाडौं - आज जेठ १५ गते, गणतन्त्र दिवस, नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको छ ।

थप ७६ जनामा कोरोना संक्रमण देखियो

वीरगञ्ज - प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र

बजेट भाषण बिहीबार ४ बजे प्रस्तुत हुने

काठमाडौं - अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बिहीबार संसद्‍मा बजेट भाषण गर्ने भएका छन्। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले अर्थमन्त्रीले