नयाँ भर्ना नलिन र अनलाइन कक्षाका नाममा शुल्क नउठाउन विद्यालयलाई निर्देशन

2020-05-05

काठमाडौं - शिक्षा मन्त्रालयले अनलाइन कक्षाका नाममा कुनै पनि शुल्क असुल नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। निजी तथा सामुदायिक सबै विद्यालयले अर्को सूचना जारी नभएसम्मका लागि भर्ना तथा पठनपाठनमसेत संचालन नगर्न सूचित गरेको छ।

सोमबारको मन्त्रिस्तरीय निर्णयअनुसार विद्यालयहरुलाई नयाँ भर्ना नलिन निर्देशन दिइएको हो।

एसईई र कक्षा ११ र १२ का परीक्षा कोरोना भाइरसको संक्रमण हेरेर तथा वस्तुस्थितिको सुक्ष्म अध्ययन गरी परीक्षा सञ्चालन गरिने मन्त्रालयले स्पष्ट पारेको छ। परीक्षा मितिका सन्दर्भमा कुनै निर्णय नभएको जानकारी गराइएको छ।

नीजि विद्यालयहरूले माध्यमिक तहसम्मको एक महीनाको आवासीयबाहेक अन्य सबै शुल्क छुट दिन निर्देशन दिइएको छ। छुट गरेको जानकारी अभिभावक तथा स्थानीय तहलाई जानकारी गराउन भनिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ