प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने प्रचण्ड-नेपालको निष्कर्ष

2020-05-02

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवादबाट पार पाउनका लागि प्रधानमन्त्रीबाट केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले निष्कर्ष निकालेका छन्।

आज बस्ने भनिएको सचिवालय बैठकमा आफ्नो पक्षको रणनीति तय गर्न शुक्रबार कोटेश्वरमा बसेको दुई पक्षको बैठकले राजीनामा दिएपछि बाँकी निर्णय गर्न लागि सहज हुने रणनीति तय गरेको एक नेताले बताए।
गत बुधबार बसेको सचिवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सकिएपछि आफूले राजीनामा दिने र त्यसपछि बामदेव गौतमलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए। साथै, उनले माधव नेपाललाई तेस्रा अध्यक्षमा प्रस्ताव गरेका थिए।

असन्तुष्ट पक्षले ती प्रस्तावलाई आफूहरुमा विभाजन ल्याउने रणनीतिको रुपमा बुझेको छ। प्रधानमन्त्री राजीनामा दिन तयार हो भने तत्कालै दिनुपर्ने र वामदेवलाई प्रधानमन्त्रीको रुपमा अघि सार्नका लागि बाँकी प्रक्रियाका लागि माइन्युट गरेर अघि बढ्नुपर्ने उनीहरुको बुझाइ छ।
प्रधानमन्त्रीको राजीनामा बुधबारकै बैठकमा उठिसकेको भएकाले त्यो विषय स्वभाविकरुपमै उठ्ने आफ्नो बुझाइ रहेको माधव नेपाल पक्षका नेता वेदुराम भुसालले बताए। 'बामदेवलाई प्रधानमन्त्री बनाउने हो भने पनि प्रधानमन्त्रीले राजीनामा दिने र कुन विधिबाट बनाउने हो त्यो प्रक्रिया किटान गर्नुपर्छ', उनले भने।

त्यस्तै, स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने पनि असन्तुष्ट पक्षको माग छ। आजको बैठकमा यो विषयलाई पनि जोडतोडका साथ उठाउने उनीहरुको रणनीति छ। स्थायी कमिटी बैठक बसेमा ओलीमाथि राम्रैसँग दबाब दिन सकिने उनीहरुको बुझाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ