बामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको अनौठो प्रस्ताव, अर्को बैठक २० गते

2020-04-30

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूबिरुद्ध एक भएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष बामदेव गौतम समूहमा खेल्ने प्रयास गरेका छन्। बुधबारको सचिवालय बैठकमा उनले अनपेक्षित रुपमा पूर्व एमालेका नेता माधव नेपाललाई अध्यक्ष र गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको एक सचिवालय सदस्यले बताए।

नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव मंगलबार बेलुकी प्रचण्डसँग भएको भेटमा समेत राखेका थिए।

उनका अनुसार प्रधानमन्त्री ओलीले आफूले राजिनामा दिनुपर्ने भए एकपल्ट पनि प्रधानमन्त्री नभएका गौतमलाई बनाउन सकिने प्रस्ताव गरेका हुन्। कोरोनाको संकट सकिएपछि उक्त विषयमा गृहकार्य थाल्ने आश्वासन समेत दिएका छन्। प्रधानमन्त्री ओलीको भनाइ उद्घृत गर्दै उनले भने, 'अरु सवै प्रधानमन्त्री भइसकियो। बाँकी बामदेवजी हुनुहुन्छ। उहाँलाई कोरोना संकट टरेपछि प्रधानमन्त्री बनाउँ।'

यसअघि ओलीको तीव्र बिरोध गरिरहेका गौतमा बुधबारको बैठकमा मौन देखिए। नेपाल पनि कडा रुपमा प्रस्तुत भएनन्। तर प्रचण्ड भने सुरुदेखि नै आक्रोशित भए। प्रधानमन्त्री ओलीको कार्यशैली एकताको मर्मअनुसार नभएको भन्दै उनले निर्मम समीक्षा गरेर मात्रै अघि बढ्नुपर्ने धारणा राखेका थिए। 

नेपाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने माग राखेका छन्। उनीहरुले प्रधानमन्त्रीकै कारण पार्टी बदनाम भएकाले निकास दिनुपर्ने धारणा राखे। तर रामबहादुर थापा बादलले भने पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारणा राखे।

प्रधानमन्त्री ओलीले आफूले राजिनामा दिने नभइ संसद् फेस गर्ने बताएका छन्। यदि आफूले छाड्नै पर्ने भए गौतमलाई सांसद बनाएर प्रधानमन्त्री बनाउन सकिने विकल्प दिएका हुन्। प्रधानमन्त्रीको उक्त प्रस्तावलाई लिएर प्रचण्डले बामदेव बेलामौकामा भकुन्डो हुने भन्दै कटाक्ष गरेको बुझिएको छ।

बुधबार ठोस निष्कर्षमा नपुगेपछि बैठक वैशाख २० सम्मका लागि सारिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ