प्रधानमन्त्रीको पक्षमा सांसदहरुको हस्ताक्षर संकलन

2020-04-29

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अध्यक्ष पद नछाडे प्रधानमन्त्रीबाट पनि हटाउने तयारी भएको भन्दै ओली पक्षले संसदीय दलमा बहुमत सांसदको समर्थन जुटाउन संघीय संसदका सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो ।

सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधवार पनि ओली पक्षीय सांसदहरुको भेला भएको छ । राजधानी बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौं ल्याइँदैछ ।

बुधबार साँझ ५ बजे बोलाइएको सचिवालय बैठकमा स्थायी कमिटी बैठकको प्रस्ताव आउने भएकाले ओलीले संसदीय दलमा बहुमत जुटाएर दलको बैठक बोलाउन प्रस्ताव लैजान खोजेका छन् । एक सांसदले भने, ‘स्थायी कमिटी होइन, प्रधानमन्त्री चयन गर्ने संसदीय दलले हो । त्यसो भए संसदीय दलमै चुनाव गरौं, म दलमै फेस गर्छु भन्नुहुन्छ प्रधानमन्त्रीले । प्रधानमन्त्री फेर्ने हो भने अब संसदीय दलको बैठक हुन्छ ।’

प्रधानमन्त्रीको पक्षमा प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ११५ जना सांसदले साथ दिने ओलीनिकट नेताहरुको दाबी छ । बुधबार बिहानसम्म सुदूरपश्चिम प्रदेशका नेकपाका १९ सांसदमध्ये १६ जना आफ्नो पक्षमा उभिएपछि ओली पक्ष उत्साहित भएको छ 

पूर्वएमालेका १२१ मध्ये ओलीको पक्षमा ७८ जना रहेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।

यसबीचमा केही सांसदले प्रधानमन्त्री ओलीलाई भेटेरै वा अन्य नेतामार्फत खबर गरेर प्रधानमन्त्रीको पक्षमा रहेको जनाउँदा त्यो संख्या ९२ पुगेको ओलीनिकट नेताहरुले बताएका छन् ।

पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्।

नवलपरासी पूर्व २ का नेकपा सांसद तीलबहादुर महत क्षेत्रीले गत चुनावमा जनादेश केपी शर्मा ओलीका पक्षमा आएकाले तत्काल उनलाई हटाउन नहुने भन्दै आफूहरूले हस्ताक्षर गरेको बताए।

‘नेपाली जनताले पाँच वर्षको निम्ति म्यान्डेट दिएको हो। पार्टी त छँदै थियो तर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने अभिमत पाँच वर्षका लागि दिएको हुनाले बाँकी कार्यकाल पनि केपी ओलीलाई हो। केपी ओलीको साथमा हामी छौं। हामी पनि जनताको प्रतिनिधि भएको कारणले जनताले अभिमत दिएर पठाएको हुनाले हामी पनि छौं भनेर हस्ताक्षर गरिएको हो,’ उनले भने, ‘पार्टीको सचिवालयको सर्वसम्मत निर्णय भनेको पाँच वर्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने हो। नेपाली जनताको माग पनि त्यही छ। मतदाताका हामी प्रतिनिधिहरू पनि उहाँको पक्षमा छौं।’

उनले यसरी हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैका सांसद रहेको जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ