कोरोना संक्रमण देखिएका रौतहटका दुई गाउँ सिल

2020-04-29

रौतहट - रौतहटमा मंगलबार दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्रमा स्थानीय प्रशासनले सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको हो ।

भुसाहाको दक्षिणमा भीम डावर गाउँ, उत्तरमा आकरपाथर गाउँ, पश्चिममा बहुअरि र बरगजवा गाउँ र पूर्वमा विर्ता गाउँ चारकिल्ला तोकी सिल गरिएको छ । त्यस्तै नहरटोलमा पूर्वमा कन्जुल मस्जिद, पश्चिममा लालबकैया नदीको नहर दक्षिणमा नहर (मन) र उत्तरमा खसरहिया गाउँ चारकिल्ला तोकी इलाका सिल गरिएको छ ।

सिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कने र अन्यत्रबाट सिल गरेको इलाकामा प्रवेश गरेमा कानून अनुसार कारबाही गर्ने प्रशासन कार्यालयले सूचना निकालेर जनाएको छ ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

उनी विगत १० दिनदेखि घर परिवारमा बसेको बुझिएको भन्दै प्रशासन कार्यालयले उनको घर परिवार तथा समुदायमा संक्रमण हुन सक्ने देखिएको बताएको छ ।

त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् । तर क्वारेन्टाइनमा बस्नुअघि नै उनी घर र ससुराली घरमा केही दिन बसेको सम्भावना देखिएकाले उनीहरुको परिवार र समुदायमा मास स्क्रिनिङ गर्नुपर्ने अवस्था देखिएको प्रशासन कार्यालयले जनाएको छ ।

कोरोना संक्रमितको परिवार र समुदायलाई अलग गरेर इलाकाभरी मास स्क्रिनिङ गरी त्यसको रिपोर्ट नआउन्जेलसम्म त्यस इलाकाबाट कोही पनि बाहिर निस्कन र बाहिरबाट त्यस इलाका प्रवेश गर्न प्रतिबन्ध गरिएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ