रौतहटमा थप २ जनामा कोरोना देखियो, संक्रमितको संख्या ५४ पुग्यो

2020-04-28

काठमाडौं- रौतहटमा थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ र ३५ वर्षीय दुई युवकको कोरोना भाइरस परीक्षणमा पोजिटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनीहरु वृन्दावन नगरपालिका र देबाही गोनाही नगरपालिका बासिन्दा भएको बताइएको छ। यी दुई सहित नेपालमा कुल संक्रमितको संख्या ५४ पुगेको छ। जसमध्ये १६ जना निको भएर घर फर्किसकेका छन्।

पछिल्लो समय प्रदेश १ र २ मा कोरोना संक्रमित देखिएका छन्। अघिकांश भारतबाट नेपाल आएका व्यक्तिहरु हुन्।

हाल प्रदेश १ को कोशी अस्पताल विराटनगरमा ३१ जना र नारायणी अस्पतालमा ३ जना, चितवनमा ३ जना र सेती अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ।

मन्त्रालयका अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ