बैसाख २५ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय , ३१ गतेसम्म सीमा सिल

2020-04-26

काठमाडौं- सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

यसअघि शनिबार मात्र कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भने एक साता मात्र लकडाउन जारी राख्न सिफारिस गरेको थियो। सरकारले गत चैत ११ देखि लकडाउन जारी राखेको छ।

यसैगरी सरकारले बैसाख ३१ सम्म सीमा सिल गर्ने निर्णय समेत गरेको छ। लकडाउन सकिएको थप एक सातासम्मका लागि सीमा सिल गरिएको हो। सरकारले इपिएस अन्तर्गत कोरिया जाने श्रमिकलाई कोरिया लैजान दिने निर्णय गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले दुई देशको सहमतिमा श्रमिक कोरिया लैजाने उनले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ