बाग्लुङकी १९ वर्षीया युवती कोरोना मुक्त, निको हुनेको संख्या ११ पुग्यो

2020-04-25

काठमाडौँ - बेल्जियमबाट आएकी बाग्लुङकी १९ वर्षीय युवती कोरोनाबाट निको भएकी छन्। धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले जानकारी दिए। योसँगै कोरोनाबाट निको हुनेको संख्या ११ पुगेको छ।

गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पछि उनीसँगै बेल्जियमबाट आएकी नाताले हजुरआमा पर्ने ६५ वर्षीया महिलामा पनि संक्रमण देखिएको थियो। महिला भने यसअघि नै निको भएर घरमा छिन्।

युवतीको पाँचौ पटकको परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनलाई अस्पतालले निको घोषित गरेको हो। यसअघि चारवटै परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो।

आजै झापाको दमकका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। योसँगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ