नेकपा अध्यक्षद्वय स्थायी कमिटी बैठक बोलाउन सहमत

2020-04-25

काठमाडौ - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थायी कमिटी बैठक बोलाउन सहमत भएका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा ओली प्रचण्डबीच भएको छलफलपछि तत्काल स्थायी कमिटी बैठक बोलाउने सहमति भएको एक ओली निकट नेताले बताए। तर कहिलेदेखि बैठक बोलाउने भन्ने विषयमा मिति र समय तोकिएको छैन।

‘अध्यक्षद्वय ओली-प्रचण्ड कमरेडको भेटघाट भयो। भेटघाट एकदमै हार्दिकताका साथ भयो।’ ती नेताले भने, ‘स्थायी कमिटी बैठक बोलाउने समय पनि भइसकेकाले तत्काल बोलाउने भन्ने सहमति भएको छ।’ राजनीतिक दलसम्बन्धी अध्यादेश पारित भएपछि गत बुधबार नेकपाका २० स्थायी कमिटी नेताहरुले बैठक बोलाउन अध्यक्षद्वय ओली-प्रचण्डलाई पत्र लेखेका थिए।

अध्यादेशका विषयमा छलफल गर्न भन्दै प्रचण्ड र नेपाल समूहका नेताले स्थायी कमिटी बैठक बोलाउनुपर्ने माग गरेका थिए। गत बिहीबार प्रचण्ड र नेपालसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता भएपछि स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए। नेकपामा स्थायी कमिटी बैठक ३/३ महिनामा हुनुपर्ने विधानमा उल्लेख छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ