कैलालीमा बोर्डिङका प्रिन्सिपल मृत फेला

2020-04-24

कैलाली - कैलालीमा एक शिक्षक मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका ९ मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका हुन्।

गौरीगंगा नगरपालिका ९ बस्ने ४० बर्षीय भुसाल पूर्व-पश्चिम राजमार्गको पहलमानपुर बजारबाट एक किलोमिटर पश्चिम मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बिहीबार राति साढे १० बजे उनको शव पूर्व-पश्चिम राजमार्गको किनारमा फेला परेको बताए।

उनले घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको बताए । मृतकको आँखा, मुख र घुँडामा चोटपटक देखिएको बताउँदै प्रहरी नायब उपरीक्षक बस्नेतले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानवहादुर विष्टको टोली पुगेर अनुसन्धान थालेको बताए

बिहीबार साँझ एक साथीले बोलाएपछि उनी मसुरियाबाट ८ किलोमीटर पूर्वतर्फ रहेको पहलमानपुर बजारतर्फ गएका थिए। पहलमानपुरको एक होटेलमा साथीसँगै मदिरा सेवन गरेपछि भुसाल राति ८:३० बजेतिर जङ्गलको बाटो हुँदै साइकलमा घर फर्कदै गर्दा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानका लागि भन्दै प्रहरीले साथीसहित होटल संचालकलाई समेत नियन्त्रणमा लिएको छ । भुसाल एनप्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहिसकेका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ