बेलायतमा कोभिड-१९ विरुद्धको खोपको मानिसमा परीक्षण

2020-04-24

एजेन्सी - बेलायतमा कोभिड–१९ विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ। बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोभिड-१९ विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो। युरोपकै पहिलो परीक्षणअन्तर्गत पहिलो दिन दुई स्वास्थ्य स्वयंसेवकले खोप लिएका छन्।

अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्‍युट टिमकी प्राध्यापक सारा गिल्बर्टले आउँदो मे मध्यसम्ममा ५ सयसम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना रहेको बताइन्। उक्त खोपको परीक्षण सफल हुनेमा आफू पूर्ण आशावादी रहेको उनले बताएकी छिन्।

मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेका छन्। बीबीसीका अनुसार, खोप लिनेमध्ये एकजना स्वयंसेवक एलिसा ग्रानाटोले आफू वैज्ञानिक भएकाले सम्भव भएसम्म खोप विकासको वैज्ञानिक प्रक्रियामा सहयोग गर्न चाहेको बताएकी छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ