पार्टी फुटाउने गतिविधि गरेको छैन : मोहम्मद इस्तियाक राई

2020-04-24

काठमाडौं - समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफू कुनै पनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन्। नेता राईले पछिल्लो समय आफूहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताएका हुन्।

बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे।

‘मैले चार दिन अगावै भनेको थिए पार्टीमा मत भिन्नता छ । विवादहरु छन तर हामी भन्दा बढी विवाद नेकपा, कांग्रेस र राजपामा छ र यो विवाद भनेको विभाजन होइन भन्ने मैले प्रस्टै पारेको थिए त्यो कुरा अहिले पनि छ,’ उनले भने।

सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफूले थाहा पाउन नसकेको उनको भनाइ थियो। पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताउँदै उनले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशीको कुरा भएको समेत बताए।

‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याईदिएको छ । एउटा खुशिको खबर हो। यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र सुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ । यसले थप मद्दत पुर्‍याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनि अपिल गर्न चाहन्छु,’ उनले भने।

पार्टीभित्र फरक मत रहने बित्तिकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने उनले बताए। ठूला पार्टीमा झन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफुमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको उनको भनाइ थियो।

‘जुन पार्टी भित्र फरक मत राख्ने व्यक्तिहरुलाई अहिलेको नेपाली राजनीतिमा प्रचलन के छ भने फरक मत राख्ने भनेको यो पार्टी विभाजन नै या फरक धारणा नै सिर्जित भएर जान्छ । यो खास गरेर हामी जस्ता दलहरुमा अनि अरु ठाउँमा त ठूला दलमा फरक धारणा राख्ने र खुल्लै बक्तव्य जारी गर्ने भन्ने नेताहरु छन्। त्यसमा चाहिं मिडियाको ध्यान पर्दैन। तसर्थ यो दुर्भाग्यपूर्ण कुरा हो। मेरो केही कुराहरुमा फरक धारणा हो। त्यो फरक धारणालाई पाँच दिन अगाडि मैले भनेको थिए यो पार्टी विभाजन होइन भनेर भनेको थिंए । त्यही धारणा अहिले पनि छ,’ उनले भने।

सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ