2020-04-22 |
देउखुरी समाचारदाता
देउखुरी, बैशाख । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले अनलाइन मार्फत लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिबस सम्पन्न गरेको छ । नेपालमा २००६ साल बैसाख १० गते लेनिन को जन्म दिन पारेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियोे । अहिले कम्युनिस्ट पार्टी विभिन्न चिरामा भए पनि सबैको स्थापना यहि हो । अहिलेको असहज परिस्थितिका कारण भौतिक रुपमा साथै रहेर कार्यक्रम गर्न नसकेतापनी भिडियो कन्फरेन्स मार्फत उक्त कार्यक्रम भएको राजमोले दाङले जनाएको छ ।
राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर अध्यक्ष हरि खरेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य ले लेनिनको जन्म र जिबनिको बारेमा प्रकाश पार्दै नेपाली कम्युनिस्ट आन्दोलनको बर्तमान अबस्थाको बारेमा बताउनु भएको थियो । उहाँले बर्तमान नेकपाको सरकार कम्युनिस्ट ब्यबस्थाको बाधक भएको आरोप लगाउनु भएको थियोे ।
उहाँले अहिलेको प्राकृतिक बिपत्तिको बेला पनि विभेद गरेको र ठिक ढंगले बिपत्ति सामना गर्न लाग्न नसकेको उहाँको आरोप थियो । त्यसै गरि अहिलेको कोरोना भाइरसको कारणले कामदार र कमजोर आर्थिक अबस्था भएका जनताको सहयोगी बन्न सम्पपुर्ण नेता कार्यकर्तालाई अनुरोध गर्नु भएको थियोे । कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्ती अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुवेदी अखिल नेपाल राष्ट्रिय अधोग व्यापार संघ का जिल्ला सदस्य रामप्रसाद पोख्रेल लगायतले मन्तव्य राख्नु भएको थियोे । राष्ट्रिय जनमोर्चा घोराही १४ का अध्यक्ष नारायण खरेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण नगर उपाध्यक्ष मनिराम खनाल ले गर्नु भएको थियोे ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...