उत्तर कोरियाका राष्ट्रपति किम जोङ गम्भीर बिरामी परेको खुलासा !

2020-04-21

एजेन्सी - उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन गम्भीर बिरामी परेका छन्। अमेरिकी गुप्तचर निकायलाई उद्दृत गर्दै सीएनएनले जनाएअनुसार एउटा शल्यक्रियापछि उनी गम्भीर बिरामी परेका हुन्।

यही अप्रिलमा परेको उनका हजुरबा किम इल सुङको जन्मजयन्ती समारोहमा अनुपस्थित भएपछि किमको स्वास्थ्यका बारेमा पश्चिमा मिडियाले अड्कल काटेका थिए। त्यसको ४ दिनअघि अर्थात् अप्रिल ११ को सरकारी बैठकमा भने उनी सहभागी भएका थिए ।

यद्यपि महत्वपूर्ण समारोहमा उनको अनुपस्थिति के कारणले भएको हो भन्नेबारेमा भने यकिन जानकारी आउन सकेको छैन। विगतमा यस्ता समारोहमा उत्तर कोरियाली नेताको अनुपस्थितिले महत्वपूर्ण घटनाको संकेत गरेका थिए। सन् २००८ मा पनि किम जोङ इल उत्तर कोरियाको ६० औं वार्षिकोत्सवमा अनुपस्थित भएका थिए। पछि उनलाई स्ट्रोक भएको खुलासा भएको थियो।

उत्तर कोरियाले आफ्ना सर्वोच्च नेताबारेको सूचनामा कडा नियन्त्रण गर्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ