उत्तर कोरियामा कोरोना संक्रमित भेटिएको खुलासा

2020-04-19

एजेन्सी - संसारभर कोरोना भाइरसको महामारी चलिरहँदा आफ्नो देशमा कोरोना संक्रमित नरहेको बताउँदै आएको उत्तर कोरियामा संक्रमित रहेको खुलासा भएको छ। उत्तर कोरियाली सरकारले आफ्ना नागरिकहरूलाई गरेको सार्वजनिक व्याख्यानमा मुलुकमा कोरोना भाइरस भएको बताएको हो।

त्यहाँ मार्च महिनाको सुरुमा संक्रमण देखिएको बताइएको छ। शुक्रबार रेडियो फ्रि एसियाले प्योङ्गयाङ्ले देशमा कोरोनाका प्रमाणित संक्रमित नरहेको दाबी गरेको आफ्नो रिपोर्टमा जनाएको थियो।

सो रेडियोले प्योङ्गयाङ र रायोङ्गाङ प्रान्तका एक-एक वटा श्रोतको हवाला दिदैं लेक्चररहरूले संख्या नखुलाएपनि उत्तर कोरियामा कोरोना संक्रमित भएको रिपोर्ट प्रसारण गरेको छ।

लेक्चररहरूले ती संक्रमितहरू प्योङ्गयाङ, दक्षिणी ह्वाङहे प्रान्त र उत्तरी हेमग्योङ प्रान्तमा भेटिएको उसको रिपोर्टमा उल्लेख छ।

चीन लगायतका मुलुकमा कोरोना संक्रमण देखिन थालेपछि प्योङ्गयाङ्ले सीमा नाकामा कडाइ गर्दै संक्रमण प्रभावित मुलुकका नागरिकलाई ३० दिन अनिवार्य क्वारेन्टाइनमा बस्न भनेको थियो।

उत्तर कोरियाली अधिकारीहरूले विश्वव्यापीरुपमा कोरोना नियन्त्रणमा नआएसम्म शतप्रतिशत बन्द रहेका आफ्ना सीमानाभित्र कोरोना संक्रमण प्रवेश गर्ने सम्भावना भए-नभएको हेरिरहेका बताएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ