शुक्रवार एकैदिन १४ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३० पुग्यो !

2020-04-18

काठमाडौं - शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमित फेला परेका छन् । यो संगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजना गरेर एकै दिन १४ जनामा कोरोना पुष्टि भएको छ। यसअघि १६ जनामा कोरोना देखिएको थियो।

उदयपुरमा कोरोना पुष्टि भएका १२ जना पुरुष हुन्। त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरकै अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ।

उदयपुरमा कोरोना पुष्टि भएका सबै पुरुष हुन्। २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष एक-एकजना, २९ वर्षीय दुईजना र २८ वर्षीय चारजना पुरुषमा कोरोना देखिएको हो। कोरोना पुष्टि हुने अधिकांश भारतीय नागरिक हुन्। कोरोना संक्रमित सबैलाई विराटनगरस्थित कोरोना अस्पताल ल्याइएको छ।

त्यसैगरी शुक्रबार चितवमा २७ वर्षीय पुरुष र ६३ वर्षीया महिला गरी दुई जनामा कोरोना देखिएको छ।

शुक्रबार दिउँसो ४ बजे नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म नेपालमा १६ जनामा मात्र कोरोना पुष्टि भएको बताएका थिए। तर साँझ मन्त्रालयले फेसबुक पेजमार्फत थप १४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो। अहिलेसम्म सुरुमा कोरोना भएका एकजना निको भएर सामान्य जीवनमा फर्किएका छन्। अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

मन्त्रालयका अनुसार पाँच जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चार जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ। अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।

सरकारले कोरोना भए नभएको थाहा पाउन र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिरहेको छ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ