धादिङका एक र काभ्रेका दुई जना युवकमा र्‍यापिड टेस्टको नतिजा पोजेटिभ

2020-04-15

काठमाडौँ - दक्षिण कोरियाबाट फर्केका धादिङको ज्वालामुखी गाउँपालिकाका २८ वर्षीय युवाको र्‍यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ। आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए।

उनले युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको बताए। 'एम्बुलेन्स तयारी हुँदैछ। केहीबेरमा टेकु अस्पताल पठाउँदैछौं,' उनले भने।

सामाजिक संस्थामा काम गर्ने युवक झन्डै दुई महिना कोरिया बसेर फर्किएको बुझिएको छ। उनी कोरियाबाट आएर सोझै हेटौंडा पुगेको र त्यहाँबाट धादिङ फर्किएको भन्ने छ।

उनी घर पुगेपछि वडाध्यक्ष आफैं स्वास्थ्यकर्मीको टोली लगेर उनलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका थिए। युवकले आफू आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेको भन्दै क्वारेन्टाइनमा बस्न नपर्ने भने।

वडाध्यक्ष श्रेष्ठले भने, 'त्यसपछि उहाँलाई होम क्वारेन्टाइनमा बस्न भनेर फर्कियौं।' उनका अनुसार युवकलाई सुरूमा सामान्य ज्वरो पनि आएको थियो। युवकले आफूलाई मौसमी ज्वरो आएको बताएका थिए। आज भने युवकको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको छ।

युवकका परिवारमा तीन जना सदस्य छन्। उनीहरूलाई पनि भोलि क्वारेन्टाइनमा राख्ने तयारी वडाले गरेको छ।

काभ्रेमा भारत र दुबईबाट आएका दुई युवामा देखियो कोरोनाको एन्टिबडी, धुलिखेल अस्पताल पठाइयो

काभ्रेमा दुई जना युवकमा र्‍यापिड टेस्ट गर्दा एन्डिबडी नतिजा पोजेटिभ देखिएको छ। गत चैत ८ गते भारतबाट आएका बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवकमा र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको वडा नम्बर-५ का वडाध्यक्ष खजेन्चीबहादुर लामाले जानकारी दिए। उनले पोजेटिभ देखिएपछि युवकलाई थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाइएको बताए।

युवक भारतको गोवाबाट गत चैत ८ गते तीन जना साथीसँग घर आएका थिए। उनका दुई जना साथीको नतिजा भने नेगेटिभ आएको छ। उनका परिवारको सदस्यको पनि परीक्षण भइरहेको लामाले बताए।

गत चैत ७ गते दुबईबाट आएका काभ्रेको मण्डनदेउपुर नगरपालिकाका-२१ वर्षीय युवकमा पनि र्‍यापिड टेस्ट गर्दा पोजेटिभ हो कि भन्ने अन्यौल भएपछि उनलाई पनि धुलिखेल अस्पताल पठाइएको छ। वडा नम्बर ३ का वडाध्यक्ष दिलबहादुर तामाङले भने, 'उहाँको नतिजा प्रष्ट आएन। पोजेटिभ हो कि भन्ने भयो। त्यसैले थप परीक्षणको लागि धुलिखेल अस्पताल पठाएका हौं।'

युवक दुबईबाट आएर दुई दिन घरमै बसेका थिए। त्यसपछि नगरपालिकाले उनलाई क्वारेन्टाइनमा राखेको थियो। उनको परिवारमा भएका चार जना सदस्यको पनि परीक्षण गर्ने तयारी गरिएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ