लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले लाठी प्रहार गर्दा सप्तरीमा ६५ वर्षीया वृद्धाको ज्यान गयो

2020-04-13

सप्तरी - सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले लाठी प्रहार गर्ने क्रममा तनाब बढेपछि त्यहाँ पुगेकी महिलामाथि समेत कुटपिट हुँदा एक वृद्धाको ज्यान गएको छ। करिब ११ बजे खड्क नगरपालिका ६ स्थित वीरपुरमा घर बाहिर निस्किएका युवामाथी प्रहरीले लाठि प्रहार गरेको थियो।

प्रहरीले लाठी प्रहार गरेपछि त्यसो नगर्न भन्दै गएकी ६५ वर्षीया जैनव खाँतुनलाई समेत प्रहरीले लाठी प्रहार गरेको थियो। प्रहरीको लाठी प्रहारकै कारण उनको ज्यान गएको वडाध्यक्ष भगवती प्रसाद चौधरीले बताए ।

सप्तरी प्रहरीले भने वृद्धा ब्लड प्रेसरका कारण ढलेको जनाएको छ। घटनास्थलमा ढलेकी वृद्धालाई एडभान्स अस्पताल कल्याणपुरमा लगिए पनि त्यहाँ उपचार संभव नभएको भन्दै सगरमाथा अंचल अस्पताल राजबिराज पठाइएको थियो।

११ः५० बजे उपचारको क्रममा वृद्धाको मृत्यु भएको प्रहरीको दाबी छ। शव सगरमाथा अंचल अस्पताल राजबिराजमा राखिएको छ।

बृद्धाको मृत्युपछि स्थानीय र प्रहरीबीच तनाब बढेको छ। स्थानीयले प्रहरीको गाडी नियन्त्रणमा लिएका छन्।प्रहरीको कुटपीटबाट वृद्धाको मृत्यु भएको भन्दै स्थानीयले अहिले त्यहाँ नारावाजी तथा विरोध गरिरहेको वडाध्यक्ष चौधरीले बताए।

उनका अनुसार प्रहरी र स्थानीय जनप्रतिनिधि र मृतकका आफन्तबीच छलफल भइरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ