विदेशमा बस्ने नेपालीले आफुलाई समस्या परे यहाँ सम्पर्क गर्नुहोस !

2020-04-12

काठमाडाैं - गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ।

सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन्।

भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ। बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजेसम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घका महासचिव हेमराज शर्माले जानकारी दिए।

सङ्घले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ