सांसद विकास कोषको बँचेको पैसा 'कोरोना कोष'मा राखौं : नेकपा प्रवक्ता

2020-04-11

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सांसद विकास कोष अनुचित भएको भन्दै त्यसमा खर्च हुन बाँकी पैसा कोरोना कोषमा राख्न सुझाब दिएका छन्।

‘मैले पहिलेदेखि भन्दै आएको छु, सांसद विकास कोष आवश्यक छैन मात्र होइन, अनुचित छ। अहिले कोभिड-१९ को संकटको सन्दर्भमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौं र अबदेखि यो शिर्षकमा बजेट नराखौं। यो सही छ। निर्णय गरिहालौं’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता श्रेष्ठले लेखका छन्।

त्यस्तै, वर्तमान राष्ट्रिय संकटको सन्दर्भमा प्रमुख विपक्षी दल लगायत सबै राजनीतिक सामाजिक शक्तिहरुसँग सरकारले समन्वय गर्नु आवश्यक रहेको उनले उल्लेख गरेका छन्। ‘त्यसैले उच्चस्तरीय समन्वय समितिले यस्तो बैठकको आयोजना गरेको पनि थियो। यसलाई नियमितता दिनु उपयुक्त हुन्छ, सुझाब लिन र निर्णयहरुको औपचारिक जानाकारी लिन’, उनले लेखेका छन्।

विपद ऐन २०७४ मा व्यवस्था गरिएको विपक्षी दलको नेता र मुख्यमन्त्रीहरुको समेत प्रतिनिधित्व रहने प्रधानमन्त्रीको अध्यक्षताको राष्ट्रिय परिषद पनि क्रियाशील भएकै होला भन्ने अपेक्षा उनले गरेका छन्। त्यस्तै, गृहमन्त्रीको नेतृत्वको कार्यकारी समितिले पनि प्रभावकारीरुपमा काम गरेकै होला भन्ने अपेक्षा उनको छ। ‘यस्तै विपद्का निम्ति हुन्, ती’, उनको भनाई छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ