हालसम्म विदेशमा रहेका ५० नेपालीमा कोरोना संक्रमण, ३ जनाको मृत्यू

2020-04-04

काठमाडौं - यूरोप, अमेरिका, मलेसिया, खाडीलगायत विभिन्न मुलुक पुगेका ५० नेपाली कोरोना संक्रमित भएका छन्। रोजगारी, अध्ययन तथा विभिन्न सिलसिलामा विदेशमा रहेका ५० नेपाली कोरोना संक्रमित भएका हुन्।

पोर्चुगलमा सबैभन्दा ठूलो संख्यामा १४ जना नेपालीमा कोरोना संक्रमण भएको खबर छ। यसअघि त्यहाँका विभिन्न संचारमाध्यमहरुले रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका १ नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए।
त्यसपछि उनीसहित ६ नेपालीमा कोरोना संक्रमण भएका खबरहरु थिए। पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका थप ८ नेपालीमा कोरोना संक्रमण भएको गैह्रआवासीय नेपाली संघ(एनआरएन) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पुष्टि गरेसँगै पोर्चुगलमा संक्रमितको संख्या १४ पुगेको हो।

पोर्चुगलपछि बहराइनमा पनि ठूलो संख्यामा नेपालीहरु कोरोना संक्रमित भएका छन्।

यसअघि ३ जना नेपाली कोरोना संक्रमित रहेकोमा शुक्रबार बहराइनस्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै एकै पटक थप ९ जना नेपालीमा कोरोना संक्रमण भेटिएको जनाएको छ। योसँगै बहराइनमा १२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै युएईमा ८ जना, अस्ट्रेलियामा ८ जना, बेलायतमा ३ जना, कुवेतमा १ जना, मलेसियामा १ जना, कतारमा २ जना, अमेरिकामा १ जना संक्रमित भएको पुष्टि भएको छ।

संक्रमितमध्ये बेलायतमा दुई र अमेरिकामा एक गरी ३ जना नोपलीको ज्यान गएको छ भने युएईमा दुई जना नेपाली उपचारपछि निको भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ