मेडिकल सामग्री खरिद प्रकरण : थप सामाग्री ल्याउने जिम्मा सेनालाई !

2020-04-03

काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा निन्त्रणका लागि आवश्यक मेडिकल सामग्री ल्याउदा विवादमा मुछिएपछि थप सामाग्री ल्याउने जिम्मा नोपाली सेनालाई दिने भएको छ । जिम्मा पाए संगै सेनाले यसअघि आफुले गरेको टेन्डर रद्द गरेको छ। सेनाले आवश्यक स्वास्थ्य सामग्रीका लागि करिब १७ करोड रुपैयाँमा खरिद गर्न टेन्डर आह्वान गरेको थियो।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैकठले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने गरी गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि सेनाले एकमुष्ट रुपमा सामान ल्याउन उक्त टेन्डर रद्द गरेको हो। ‘सरकारले सबै सामग्री एकै पटक ल्याउने निर्णय गरेकाे छ। त्यो आवश्यक परेन भनेर हामीले टेन्डर रद्ध गरेका हौं,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

सरकारले सरकार–सरकार (जीटूजी) विधिमार्फत् खरिद गरेर अत्यावश्यक सामग्री ल्याउने जिम्मा सेनालाई दिएको छ। यसअघि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया थालेको थियो। स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको प्रश्नहरु उठ्न थालेपछि स्वास्थ्य सेवा विभागले ओम्‍नी बिजनेस कर्पोरेसनसँगको ठेक्का बुधबार रद्द गरेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ