अमेरिकामा इतिहासकै ठूलो आपतकालीन राहत : हरेकलाई १२ सय डलर

2020-03-26

एजेन्सी - कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसँग जुध्न अमेरिकामा हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषय समेटिएको प्याकेज सिनेटबाट पारित भएको छ।

बुधबार मध्यरात प्याकेजसहितको विधेयक पारित भएको हो। मतदानमा उपस्थित सबै ९६ सिनेटरहरुले विधेयकको पक्षमा मतदान गरेका थिए। विपक्षमा एकमत पनि नपरेकाले यो विधेयक सर्वसम्मतले पारित भएको छ। शुक्रबार बिहान ९ बजे यो विधेयक मतदानका लागि हाउसमा लगिने तय भएको छ। यदि हाउसबाट पनि पारित भएमा यो अमेरिकी इतिहासकै सबैभन्दा ठूलो आपतकालीन राहत प्याकेज हुनेछ।

२ खर्ब अमेरिकी डलरको यो प्याकेजमा एक करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ। वार्षिक ७५ हजारभन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ। यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी वार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन्।


७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका सन्दर्भमा हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउँदै लगिनेछ। ९९ हजारसम्म आम्दानी हुनेलेमात्र रकम प्राप्त गर्ने विधेयकमा उल्लेख छ। ८० हजार आम्दानी हुनेले ९५० प्राप्त गर्नेछन् भने ९० हजार आम्दानी हुनेले ४५० प्राप्त गर्ने विधेयकमा उल्लेख छ।
विधेयकमा ५ सय अर्ब ऋण, लगानी लगायतमा छुट्याइएको छ भने एयरलाइन्स उद्योगका लागि ३२ अर्ब छुट्याइएको छ।
करारमा काम गर्ने र स्वरोजगारहरु पनि संघीय सहायता प्राप्त गर्नका लागि योग्य हुने विधेयकमा उल्लेख छ। विद्यार्थीहरुको ऋणमा सेप्टेम्बर ३० सम्मका लागि कुनै जरिवाना लाग्ने छैन।




थप समाचार


कोरोनाबाट हालसम्म कहाँ कतिले ज्यान गुमाए ?

कोरोनाबाट हालसम्म कहाँ कतिले ज्यान गुमाए ?

काठमाडौं - कोरोना भाइरस अर्थात कोभिड-१९ बाट विश्वभरमा अहिलेसम्म २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बिहीबार मध्यान्हसम्म २१ हजार ३०८ जनाको मृत्यु भएको छ ...

नेपाल छाड्न चाहने आफ्ना नागरिकलाई फर्काउँदै अमेरिका

नेपाल छाड्न चाहने आफ्ना नागरिकलाई फर्काउँदै अमेरिका

काठमाडौं - स्वदेश फर्किन चाहने नेपालमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले फर्काउने प्रक्रिया थालेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार सूचना जारी गर्दै नेपालबाट अमेरिका प्रस्थान गर्ने अमेरिकी ...

न्यून आय भएकालाई राहत प्याकेज घोषणा गर्न माग

न्यून आय भएकालाई राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग अनुरोध गरेका छन्। ज्यालादारी ...





ट्रेन्डिङ