अत्यावश्यक सामान आयात गर्न रसुवागढी र तातोपानी भन्सार नाका खोलिंदै

2020-03-26

काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको निर्णयअनुसार चीनतर्फका दुई नाका सञ्चालन गर्न अर्थ मन्त्रालयले तयारी अघि बढाएको छ। अर्थ मन्त्रालयले गृह, कृषि र स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्दै नाका सञ्चालनको तयारी अघि बढाउन लागेको हो।

उच्चस्तरीय समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धि प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय समितिले गरेको थियो। 'दुई मन्त्रालयको स्वास्थ्यसम्बन्धि प्रोटोकल पालना गरी भन्सार खुला गर्न हामी तयार छौँ,' भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

दाहालका अनुसार कृषिको क्वारेन्टाइन अहिले पनि भन्सारमै छ। त्यसले विषादीको परीक्षण मात्रै गर्ने गरेको छ। अब स्थापना हुने क्वारेन्टाइनमार्फत कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नुपर्दछ। 'दुई मन्त्रालयले तयारी पूरा भएको जानकारी गराएपछि हामी तयार छौँ, त्यसका लागि कसरी अघि बढ्ने भनेर छलफल गर्दैछौँ,' उनले भने।

स्वास्थ्य मन्त्रालयले भन्सारमा खटिने कर्मचारी, सवारी चालक, भन्सार एजेन्टसहितका व्यक्तालाई स्वस्थ्य राख्ने गरी स्वास्थ्य परीक्षण कक्ष स्थापना गर्नेछ। यसैगरी कृषिले चीनबाट आएका मालवस्तु कोरोना भाइरसमुक्त बनाउने विधि तयार गर्नुपर्छ। 'भन्सारको तर्फबाट कुनै समस्या छैन, त्यसका लागि गृहले समन्वय गर्नुपर्छ र स्थानीय तहको पनि सहयोग चाहिन्छ,' उनले भने।

थोरै मानिसको आवत-जावतमार्फत भन्सार सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको छ। कतिपय मालवस्तुलाई भन्सार यार्डमा नै १४ दिनसम्म आइसोलेसनमा राखेर कोरोनामुक्त बनाउने गरी काम गर्न सक्ने दाहालको भनाइ छ। भारतको कलकत्ता बन्दरगाहमा पनि यो विधि अपनाइएको छ।
चीनमा कोरोना संक्रमण बढेसँगै रसुवागढी भन्सार र तातोपानी भन्सार बन्द गरिएको छ। यी दुई भन्सार बन्द हुँदा कतिपय मालवस्तु सीमानामा अड्केका छन् भने कतिपय वस्तु रिरुट गरेर नेपाल ल्याइएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ