कोरोनाले आक्रान्त बन्यो पुरै विश्व : साढे १६ हजार बढीको मृत्यु, पौने ४ लाख संक्रमित

2020-03-24

एजेन्सी - चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट पूरै विश्व प्रभावित भएको छ। विश्व स्वास्थ्य संगठनका अुनसार १८६ देश कोरोना भाइरसबाट प्रभावित भइसकेका छन्।


यो भाइरसको संक्रमणबाट १६,५५८ जनाले ज्यान गुमाइसकेका छन् भने ३,८१,६४९ जना संक्रमित भएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार उपचारपछि निको भएर एक लाख ९ सय ५८ जना घर फर्केका छन्।


संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार ५ सय ७ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६३ हजार ९ सय २७ जना कोरोना भाइरस संक्रमित रहेको उल्लेख छ।
त्यसपछि अमेरिका ,स्पेन,जर्मनी,इराक र फ्रान्स धेरै संक्रमित हुने सूचीमा छन्। ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार १ सय ५३ जनाले ज्यान गुमाएका छन्।

उपचार पनि निको हुने बिरामीको संख्यामा चीन पहिलो नम्वरमा छ। चीनमा ५९ हजार ८ सय ८२ जना निको भएर घर फर्केका छन्। त्यस्तै इरानमा ८ हजार ३ सय ७६ जनाको उपचार भएको छ। इटालीमा ७ हजार ४ सय ३२ जना निको भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ