कोरोना प्रभाव : चैत २२ गतेसम्म देशभरका सबै अदालत बन्द हुने

2020-03-20

काठमाडाैं - चैत २२ गतेसम्म देशभरका सबै अदालत बन्द हुने भएका छन्। शुक्रबार बसेकाे 'फुल काेर्ट'काे बैठकले यस्ताे निर्णय गरेकाे हाे। याे निर्णयसँगै बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोकिने भएकाे छ।

सर्वोच्चसहित देशभरका अदालतमा कोरोना भाइरसको संक्रमणको जोखिममा रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि आज फुल कोर्टको बैठक बसेको थियाे। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको नेतृत्वमा बसेकाे बैठकमा सर्वोच्चका न्यायाधीशहरु सहभागी थिए।

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियन र सर्वोच्च अदालत बार एशोसियनसले पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए। जिल्ला र उच्च अदालत बार एशोसियसनले पनि बन्दीप्रत्यक्षीकरण बाहेकका सबै मुद्दाको सुनुवाइ रोक्न माग गरेका थिए।

फुल काेर्ट बैठकका लागि सर्वोच्चले आज तोकिएका पेशीहरु यसअघि नै स्थगित गरिसकेको थियाे। अदालतको काममा सेवाग्राही र कानुन व्यवसायी जम्मा हुने भीडले कोरोना संक्रमणको खतरा हुने भन्दै कानुन व्यवसायीहरुले पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए।

सरकारले यसअघि नै २५ जनाभन्दा धेरै मानिस भेला हुने कार्य नर्गन र अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिसकेकाे छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ