कोरोनाबाट आज विश्वभरमै कतिले ज्यान गुमाए ? इटालीमा मर्नेको संख्या दिनहुँ बढ्दो !

2020-03-19

एजेन्सी - कोरोना भाइरस संक्रमणका कारण इटालीमा एकै दिनमा ४७५ जनाको मृत्यु भएको छ। महामारी सुरु भएयता इटालीमा एकै दिनमा यति धेरै जनाको मृत्यु भएको हो। योसँगै इटालीमा मृत्यु हुनेको संख्या ३ हजार पुगेको छ। महामारीबाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी सहरमा मात्रै ३१९ जनाको मृत्यु भएको छ।

वर्ल्डमिटर इन्फोका अनुसार विगत २४ घण्टामा विश्वभर ९६७ जनाको मृत्यु भएको छ भने २० हजार ५ सय ३७ जनालाई संक्रमण देखिएको छ। विश्वभर संक्रमितको संख्या २ लाख १८ हजार ७ सय ६८ पुगेको छ।

मृत्यु हुनेमा इटालीमा ४७५ सहित इरानमा १४७, स्पेनमा १०५, जर्मनीमा २, अमेरिकामा ४३, फ्रान्समा ८९, दक्ष्ँिण कोरियामा ३, स्वीट्जरल्याण्डमा ६, बेलायतमा ३३, नेदरल्याण्डमा १५ र इण्डोनेसियामा १२ जना रहेका छन्।

युरोपमा इटालीपछि बढी प्रभावित मुलुक स्पेनमा हालसम्म ५९८ जनाको मृत्यु भएको छ भने १३ हजार ७ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। फ्रान्समा १६ प्रतिशतले संक्रमण वृद्धि भएर संक्रमितको संख्या ७ हजार ७ सय ३० पुगेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ