कोरोनाको भाइरसको त्रासले उपत्यकाको चहलपहल घट्यो !

2020-03-19

काठमाडौं - कोरोना भाइरसको संक्रमण हुने त्रासले राजधानीमा चहलपहल घट्दै गएको छ। सरकारले सभा, सम्मेलन, अत्यधिक मानिसको जमघट हुने कार्यक्रम आयोजना नगर्न सूचनासमेत जारी गरेपछि चहलपहल कम हुन थालेको हो।

अहिले राजधानीका सवारी साधनमा करिब ५० प्रतिशत मानिसको चहलपहल कम भएको नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘अहिले राजधानीमा गुड्ने सवारीमा मानिसको चाप कम भएको छ’, उनले भने, ‘सधैंको भन्दा झन्डै ५० प्रतिशत यात्रु काम भएका छन्।’ यात्रुको कमी भएकाले धेरै सवारीसाधन थन्किने अवस्था आउने सम्भावना देखिएको उनको भनाइ छ। राजधानीमा यात्रु कम भए पनि यहाँबाट बाहिरिनेको संख्या भने नबढेको उनले जानकारी दिए।

‘राजधानीबाट यात्रु बाहिने यात्रुको संख्या बढेको छैन’, उनले भने, ‘बरु यात्री कम नै देखिएको छ।’ यस्तै अहिले राजधानीका सिनेमा हल, विभिन्न सार्वजनिक स्थलमा समेत मानिसको चाप कम हुँदै गएको छ। होटल रेष्टुरेन्टमा समेत मानिसको कमी देखिएको छ। सार्वजनिक स्थलमा अहिले मानिसको चहलपहल कम भएसँगै ट्राफिक जामसमेत कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए। ‘अहिले सार्वजनिक स्थलमा मानिसको चहलपहल कम भएको हो’, उनले भने, ‘ट्राफिक जाम चैं सवारीको कमीले पनि भएको हो। यससँगै हामी पनि खटिरहेका छौं।’

प्रवक्ता श्रेष्ठका अनुसार अहिले राजधानी भित्रिने र बाहिरिने यात्रुको संख्यामा धेरै फरक आएको छैन। तर मानिस कोरोना भाइरस संक्रमणको त्रासका कारण बाहिर ननिस्केकाले राजधानीको चहलपहलमा कमी आएको हुनसक्ने उनले बताए। ‘राजधानीबाट बाहिरिनेको संख्या बढेको छैन’, उनले भने, ‘मानिस त्रासले गर्दा घरमै बसेका कारणले गर्दा चहलपहलमा कमी आएको हो।’

सरकारले बुधबारबाट सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, जीम, हेल्थ सेन्टर, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन केन्द्र, डान्सबार समेत बन्द गर्ने निर्णय गरेको छ। सार्वजनिक सवारीलाई समेत सिट क्षमताअनुसार मात्र मान्छे ओसारपसार गर्न अनुरोध गरेको छ। मानिसको जमघट हुने सार्वजनिक स्थलमा समेत दैनिक सफाइ गर्नसमेत निर्णयमा उल्लेख छ। विद्यालय, क्याम्पस पनि चैत्र मसान्त सम्मका लागि बन्द गरिएको छ। यसका कारणले बिहीबारदेखि सहरमा मानिसको चहलपहलमा अझ कमी हुने देखिन्छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ