कोरोना असर : खाद्यान्नको माग ३५ प्रतिशतले बढ्यो, पेट्रोल पम्पमा लाइन

2020-03-19

काठमाडौँ - विश्वभर कोरोना संक्रमण बढेसंगै नेपाली बजारमा खाद्यान्नको माग बढेसँगै मूल्य आकासिएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार चिनी प्रतिकिलो पाँच रुपैयाँ बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै, नयाँ चामल बोरामा ५० देखि सय रुपैयाँसम्म बढेको छ । बोराको एक हजार पाँच सय ५० देखि एक हजार ६ सय ५० रुपैयाँसम्म पर्ने जिरा–मसिनो चामलको मूल्य एक हजार सात सय ५० रुपैयाँ पुगेको छ । अधिकतम एक सय ५० रुपैयाँ प्रतिकिलो रहेको मासको दालको मूल्य एक सय ७० रुपैयाँ पुगेको छ । नेपाली मुसुरोको दालमा पाँच रुपैयाँ बढेर एक सय ३० पुर्‍याइएको छ । त्यस्तै, मुगको छाँटा एक सय ५० रुपैयाँ प्रतिकिलोबाट बढेर एक सय ६० रुपैयाँ पुगेको छ । अध्यक्ष श्रेष्ठका अनुसार बजारमा खाद्यान्नको माग ३५ प्रतिशतले बढेको छ ।

पेट्रोलियमको आपूर्ति बढ्यो तैपनि पम्पमा लाइन घटेन
काठमाडौं उपत्यकामा सामान्य अवस्थामा पेट्रोल पाँच सय किलोलिटर र डिजेल सात सय किलोलिटर खपत हुने गर्छ । तर, पछिल्लो एक सातायता निगमले निरन्तर मागभन्दा बढी पेट्रोल र डिजेल बजारमा पठाएको दाबी गरेको छ । निगमको थानकोट डिपो प्रमुख बिनिमणि उपाध्यायका अनुसार मंगलबार पेट्रोल एक हजार एक सय ६९ किलोलिटर र डिजेल एक हजार चार सय ११ किलोलिटर वितरण भएको छ । तर, सामान्य अवस्थाको मागभन्दा दोब्बर आपूर्ति हुँदा पनि पम्पहरूमा लाइन भने घटेको छैन । उपभोक्ताले तेल जगेडा राख्न अतिरिक्त भाँडोमा भरेर पनि लैजान थालेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ