राजपा संयोजकमा शरतसिंह भण्डारी

2020-03-18

काठमाडौं - राष्ट्रिय जनता पार्टीमा बुधबारदेखि नयाँ संयोजकले जिम्मेवारी सम्हाल्दैछन्। महेन्द्रराय यादवको अध्यक्षतामा मंगलबार बसेको सो पार्टीको बैठकले अध्यक्ष मण्डलको नयाँ संयोजकमा शरतसिंह भण्डारीलाई तोकेको हो।

२०७४ बैशाखमा मधेस केन्द्रित ६ पार्टीबीच एकता भइ गठन भएको राजपामा लामो समयसम्म महन्थ ठाकुर संयोजक भएका थिए। एकताकै बेला चक्रिय प्रणाली अपनाउने भनिए पनि २०७५ मंसिरसम्म ठाकुर एकल संयोजक भएका थिए।

२०७५ मंसिरमा भने बहुमत अध्यक्षहरुले संयोजक परिवर्तन गरेका थिए। त्यतिबेला राजेन्द्र महतो नयाँ संयोजक बनेका थिए। त्यसपछि भने प्रत्येक दुई महिनामा संयोजक परिवर्तन हुँदै आएका छन्।




थप समाचार


पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

काठमाडौं - राप्रपाका अध्यक्षत्रयले सहमतिका आधारमा पार्टीको अन्तरिम विधानअनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्। अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले राप्रपाको सचिवालय ...

दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

दुई राप्रपा एक हुँदै, एकता घोषणा आज !

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच बुधबार (आज) एकीकरणको औपचारिक घोषणा हुँदैछ। राष्ट्रियसभा गृहमा दिउँसो साढे १२ बजे विशेष ...

दुई राप्रपाबीच एकीकरणको तयारी

दुई राप्रपाबीच एकीकरणको तयारी

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकीकरण गर्न दुई पार्टीका नेताहरूले अन्तिम गृहकार्य गरेका छन्। एकीकृत पार्टीका नाम, चुनाव चिह्न र ...





ट्रेन्डिङ