अमेरिकाका ३७ राज्यका विद्यालय बन्द गर्ने घोषणा (सूचीसहित)

2020-03-18

न्युयोर्क - विश्वव्यापी रुपमा महामारीको रूपम लिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि अमेरिकाले ३७ राज्यका विद्यालय बन्द गरेको छ। विद्यालयमा बालबालिकाको जमघट बढी हुने र भिडभाडमा संक्रमण भए बढी क्षति हुन सक्ने भन्दै ती राज्यले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।

यो विवरण सोमबार बेलुकासम्मको हो। मंगलबार दिनभरमा थप राज्यले विद्यालय बन्दको निर्णय गर्ने सक्ने संभावना छ। अमेरिकामा ५० राज्य छन्।

हालसम्म अमेरिकामा ५ हजार ६ सय ९६ जनामा यसको संक्रमण भइसकेको छ भने ९७ जनाको कोभिड-१९ कै कारण मृत्यु भइसकेको छ।

सोमबारसम्म विद्यालय बन्दको निर्णय गर्ने राज्यको सूची यस्तो छ।

अलाबामा
अलास्का
एरिजोना
अर्कान्सस
कनेक्टिकट
डेलावेयर
फ्लोरिडा
जोर्जिया
इलिनोइस
कन्सास
केन्टुकी
लुजियाना
म्यारील्यान्ड
म्यासाच्युसेटस्
मिचिगन
मिन्नेसोता
मिसिसिपी
मोन्ताना
न्यु ह्यामिस्पाइर
न्यु जर्सी
न्यु मेक्सिको
न्युयोर्क
नर्थ क्यारोलिना
नर्थ डाकोटा
ओहियो
ओरेगोन
पेन्सिलभानिया
रोड आइल्यान्ड
साउथ क्यारोलिना
साउथ डाकोटा
टेनिसी
उता
भर्मोन्ट
भर्जिनिया
वासिंटन
वेस्ट भर्जिनिया
विस्कन्सिन (एजेन्सीको सहयोगमा तयार पारिएको सूची)




थप समाचार


इटालीमा तिब्र गतिमा फैलिंदै काेराेना, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

इटालीमा तिब्र गतिमा फैलिंदै काेराेना, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

एजेन्सी - कोरोना भाइरस (कोभिड-१९)ले विश्व नै त्रसित बनिरहेको छ। यसैक्रममा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न इटालीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। काेराेनाकाे संक्रमणलाई ...

विश्‍वभर आज : नेपालका छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो, सुकीको सम्‍मान खोसियो

विश्‍वभर आज : नेपालका छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो, सुकीको सम्‍मान खोसियो

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा यसबाट जोगिने अनेक उपाय खोजिँदैछ । वैज्ञानिकहरु यसविरुद्धको खोपको परीक्षण गर्दैआएका छन् । बिबिसीका अनुसार वैज्ञानिकहरुले यस्तो खोपको विकास गरी ...

टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट

टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट

अंकारा - टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो ...





ट्रेन्डिङ