चिन्तामणि शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी

2020-03-18

काठमाडौं - अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएको छ। राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नयाँ गभर्नर नियुक्त नभएका कारण शिवाकोटीलाई कायममुकायम गभर्नरको जिम्मेवारी दिइएको हो।

नेपाल राष्ट्र बैंकका दुईजना डेपुटी गभर्नरमध्ये शिवाकोटी वरिष्ठ डेपुटी गभर्नर हुन्। मंगलबार बिदा भएका गभर्नर नेपालले शिवाकोटीलाई वरिष्ठ डेपुटी गभर्नर र शिवराज श्रेष्ठलाई कनिष्ठ डेपुटी गभर्नर बनाएका थिए। शिवाकोटी सत्तारुढ नेकपा निकटका हुन्।

राष्ट्र बैंक ऐनको प्रावधानअनुसार सरकारले गभर्नर नियुक्त गर्न नसकेपछि शिवाकोटीलाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले पुष्टि गरेको छ। अर्थसचिव शिशिरकुमार ढुंगानाले नेपाल लाइभलाई यसको जानकारी दिएका हुन्।

नोटमा हस्ताक्षर गरेका थिए मानन्धरले
नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलोपटक बहालवाला गभर्नरलाई भ्रष्टाचारको मुद्दा लाग्यो। राष्ट्र बैंकका तत्कालीन गभर्नर विजयनाथ भट्टराईमाथि भ्रष्टाचारको मुद्दा लागेपछि उनी स्वत: निलम्बनमा परे।

यो अवस्थमा २०६४ सालमा तत्कालीन् बरिष्ठ डेपुटी गभर्नर कृष्णबहादुर (केबी) मानन्धरले कामु गभर्नरको जिम्मेवारी पाएका थिए। तत्कालीन् गभर्नरद्वय मानन्धर र वीरविक्रम रायमाझीमध्ये वरिष्ठतम डेपुटी गभर्नर मानन्धरलाई कामु गभर्नरको जिम्मेवारी दिइएको थियो।

यसैबीचमा २०६५ सालमा दीपेन्द्रबहादुर क्षेत्री गभर्नर नियुक्त भए। तर त्यहीबीचमा भट्टराईले विशेष अदालतबाट सफाइ पाएसँगै क्षेत्रीले राजीनामा दिएर भट्टराईलाई पद सुम्पिए। १२ वर्षअघिको विशेष अवस्थापछि राष्ट्र बैंक फेरि नेतृत्वविहीन भएको छ।

तत्कालीन कामु गभर्नर मानन्धरले नोटमा हस्तक्षर गर्ने अवसर पाएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ