बरामद गरिएका १० लाख मास्क तत्कालै बिक्रि गर्न निर्देशन

2020-03-17

काठमाडौँ - प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट बरामद् गरेको मास्क साझा स्वास्थ्य सेवालगायतका स्वास्थ्य संस्थाबाट हालको बजार मूल्यअनुसार बिक्री गर्न प्रहरी प्रधान कार्यालयलाई महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार प्रहरी महानिरीक्षकको नाममा पत्र लेखेर प्रहरीले बरामद् गरेको मास्क तत्काल बजार मूल्यअनुसार बिक्री गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो । पत्रमा भनिएको छ, ‘विश्वमै महामारीको रूपका फैलिरहेको कोभिड–१९ (कारोना भाइरस)बाट सुरक्षित हुन मास्क लगाउनु पर्ने भएकाले बरामद् मास्कहरूको मूल्य र नमूनासहितको अभिलेख एवं फोटोसहित डिजिटल मिसिलमा राखेर अविलम्ब बिक्रीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।’

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २७ अनुसार दिइएको निर्देशनमा मास्क बिक्रीबाट आएको रकम प्रहरीको धरौटी खातामा जम्मा गरेर उक्त खातामा जम्मा भएको रकम जफत हुने मागदावी लिने प्रबन्ध गर्न पनि भनिएको छ । मुद्दा चलिरहने समयसम्ममा बजारमा मास्कको अभाव हुन सक्ने भएकाले बृहत सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखेर यस्तो निर्देशन दिइएको पत्रमा उल्लेख छ । प्रहरीले १० लाख आठ हजार वटा मास्क बरामद् गरेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ