पार्टी एकतापछि राप्रपाका तीन अध्यक्षले गरे पदाधिकारी मनोनयन

2020-03-17

काठमाडौं - राप्रपाका अध्यक्षत्रयले सहमतिका आधारमा पार्टीको अन्तरिम विधानअनुसार सचिवालय प्रमुख र कोषाध्यक्ष पदमा मनोनयन गरेका छन्।

अध्यक्षहरु कमल थापा, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनीले राप्रपाको सचिवालय प्रमुखमा भास्कर भद्रा(ललितपुर) र ध्रुव बहादुर प्रधान(नवलपरासी) तथा कोषाध्यक्ष पदमा चन्द्रबहादुर गुरुङ(कैलाली) र गणेश चन्द(बैतडी) लाई मनोनयन गरेका हुन्।

राप्रपा र राप्रपा संयुक्तबीच गत फागुन २४ गते एकताको आधारपत्रमा हस्ताक्षर गरी फागुन २८ गते एकताको घोषणा भएको थियो। राप्रपामा पार्टी एकतापछिको यो पहिलो मनोनयन हो।

आइतबार बसेको तीन अध्यक्षको बैठकले उक्त मनोनयन गर्ने निर्णय गरेको र अन्य पदहरुमा पनि यथासक्य चाँडो मनोनयन हुने तयारी भइरहेको राप्रपाका नेता मोहन श्रेष्ठले बताएका छन्।




थप समाचार


सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

सनाखत गरेर कोशीमा मुख्यमन्त्री नियुक्त गर्ने सहमति

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ । शनिवार सांसदहरुको सनाखत गरिने भएको छ ।  आजै कांग्रेसका केदार ...

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

कालोमोसो दल्ने अभियान चलाएका दुर्गा प्रसाईलाई नै कसले लगायो कालोमोसो ?

काठमाडौं : चर्चित व्यवसायी दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि अज्ञात समुहले कालोमोसो दलेको जनाईएको छ । ...

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

को-कोले दिए संसदीय समितिको सभापतिमा उम्मेदवारी ?

काठमाडौं ।प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार ...




ट्रेन्डिङ