कतारको क्वारन्टाइनमा दुई हजार नेपाली, सार्वजनिक यातायात बन्द

2020-03-16

दाेहा - काेराेना भाइरस (काेभिड- १९)का कारण कतारले सबै सार्वजनिक यातायात सेवाहरू बन्दकाे घाेषणा गरेकाे छ। काेराेना भाइरसकाे संक्रमण देशभर फैलिन नदिन कतारले आइतबार यस्ताे घाेषणा गरेकाे हाे।

कतारी अमीर एच एच शेख तमीम बिन हमद अल थानीले संकट व्यवस्थापनको लागि सर्वोच्च समितिको बैठकमा दिएकाे निर्देशनअनुसार आगमन उडानहरू र सार्वजनिक यातायात सेवाहरू बन्दकाे घोषणा भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोल्वा अल खटरका अनुसार दाेहाका लागि कुनै पनि आगमन उडान बुधवार साँझदेखि १४ दिनका लागि बन्द गरिएकाे छ। याे प्रतिबन्ध दुई हप्तापछि पूनरावलोकन गरिनेछ।

यद्यपि, हवाई कार्गो, ट्रान्जिट उडानहरू र कतारी नागरिकहरूकाे उडानलाई भने अनुमति दिइनेछ। त्यस्ता उडानहरूमा आउनेहरू दुई हप्ताको लागि क्वारन्टाइनमा बस्नुपर्ने छ।

लोल्वा अल खटरले दोहा मेट्रो र कारवा बसहरूसहित सार्वजनिक यातायात गएराति १० बजेदेखि सञ्चालन बन्द भएका बताए।

यसैबीच, कतारले काेराेनाकाे संक्रमणलाई थप फैलिन नदिन झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ। यसमा करिब दुई हजार नेपाली कामदार पनि छन्। जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत कामदारलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ