एकैदिन १ हजार ९ सय ७१ सवारी चालक कारवाहीमा

2020-03-15

काठमाडौं - काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ९ सय ७१ सवारी चालक कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट शनिबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने १ सय ३ जना, लेन उल्लंघन गर्ने १० जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १२ जना, टिपर कारबाहीमा १५ जना, सिसिटिभीमार्फत कारबाही २० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८४ जना, अनावश्यक हर्न बजाउने २० जना, ब्हील लकबाट १९ जना र अन्य १ हजार ६ सय ८८ जना गरी जम्मा १ हजार ९ सय ७१ सवारी चालक रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा शनिबार १९ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ ले ज्यान गुमाएका छन् भने १५ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार शनिबार १२ हजार ९ सय ४२ सवारी साधनबाट ७७ हजार ९ सय ३४ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने ११ हजार ६ सय ८० सवारी साधनबाट ७१ हजार ५ सय ५६ जना यात्रु बाहिरिएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ