2020-03-15 |
पोखरा - १८ औं संस्करणको आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा प्रतिद्वन्दी नेपाल पुलिस क्लबलाई ४—३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
खेलको ९० मिनेटमा दुबै टोलिले गोल गर्न सकेका थिएनन् । खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो । थप गरिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा पुलिसका तेज तामाङ र अजित भण्डारीको प्रहार बिफल हुँदा पुलिस आठौँ पटक उपाधि जित्नबाट बञ्चित भएको हो ।
उपाधिसँगै मनाङले १० लाख १ हजार रुपैयाँ प्राप्त हात पारेको छ । उपबिजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाउँनु प¥यो ।
फुटबल खेलौं र खेलाऔं भन्नेहरुको संस्था सहारा क्लबले गरिब र असहाय बालकहरुलाई आवासिय सुविधा सहितको एकेडेमी पनि सञ्चालन गर्दै आएको छ ।
काठमाडाैं । नेपाली महिला क्रिकेटका स्टार हुन् ज्योति पाण्डे । राम्रो अवसर आएको अवस्थामा आफूलाई ...
काठमाडौँ । एक दिवसीय क्रिकेट विश्वकपमा न्युजिल्याण्डले नेदरल्याण्डलाई ३२३ रनको लक्ष्य दिएको छ । भारतको हैदरावादमा भएको छैटौँ खेलमा नेदरल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको ...
फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँ ...