कोरोनाको आशंकामा अस्पताल भर्ना भएका चारै नतिजा ‘नेगेटिभ’

2020-03-14

काठमाडौँ - कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोना नदेखिएको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले जानकारी दिए।

कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको बाँस्तोलाले बताए। उनीहरु कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए।

उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।

चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एकजनामा मात्र कोरोना संक्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ