विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

2020-03-14

काठमाडौँ - नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ ।

पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ ।

सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल पु¥याएको छ ।

विसं २०७२ को ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका पूरातात्विक महत्वका सम्पदाको पुनः निर्माणले गति लिएको र धेरै जसो पुनःनिर्माण पनि सम्पन्न भइसकेको भन्दै काठमाडौँ घुम्नलायक शहरको रुपमा रहेको उक्त संस्थाको ठहर छ ।
मन्दिर, कला र संस्कृतिले भरिपूर्ण काठमाडौँ उपत्यकामा पछिल्लो समय सूचना तथा प्रविधिको पनि सहज प्रयोग गर्न पाइने पनि विवरणमा उल्लेख छ ।

क्षति भएका पूरातात्विक महत्वका सम्पदाको पुनःनिर्माण, तथा नेपालीको पाहुनालाई स्वागत गर्ने शैलीका कारण पनि जो कोहीलाई आकर्षित गर्न सक्छ । यस्तै पूराना स्मारक तथा अन्य परम्परागत कला कौशल पनि पर्यटकका लागि अर्को आकर्षणको विषय बन्न सक्छ । ढुङ्गे धारा, हिटी, देवल तथा काठमाडौँ, पाटन र भक्तपुर दरबार स्वायर पर्यटकका लागि खुला सङ्ग्रहालय जस्तै लाग्न सक्छ ।

टे«किङ एजेन्ट्स एसोशिएसन अफ नेपाल ९टान०का अध्यक्ष नवराज दाहालले विश्व प्रसिद्ध पर्यटनसम्बन्धी जानकारी दिने लोन्ली प्लानेटले काठमाडौँलाई सन् २०१९ को घुम्नलायक उत्कृष्ट दश शहरमा राख्नुु नेपाल र नेपालीका लागि खुसीको विषय भएको प्रतिक्रिया दिए ।

नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न यस्ता विषयले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र २० लाख पर्यटक भित्र्याउने बताइरहेको बेला काठमाडौँ उपत्यकामा बाँकी रहेको पुनःनिर्माण, ट्राफिक जाम तथा अन्य केही समस्या भने समयमै हटाउने तर्फ पहल गर्नुपर्ने बताए ।

पर्यटकको सङ्ख्या मात्रै बढाउने नभई गुणस्तरीय पर्यटनमा समेत जोड दिएको सन्दर्भमा विश्व प्रसिद्ध संस्थाहरुको घोषणा हाम्रा लागि सकारात्मक चुनौती हुने अध्यक्ष दाहालको टिप्पणी छ ।

प्लानेटले घुम्नलायक उत्कृष्ट दश शहरको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभीसाड, चौथोमा अमेरिकाको मियामी, पाँचौँमा काठमाडौँ, छेटौँमा मेक्सिकोको मेक्सिको शहर, सातौँमा सेनेगलको डाकार, आठौँमा अमेरिकाको सिएटल, नवौँमा क्रोएशियाको जदार र दशौँमा मोरक्कोको मेक्नेसलाई घुम्नलायक उत्कृष्ठ दश शहरमा समावेश गरेको छ ।




थप समाचार


शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै ...

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा ...

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित ...




ट्रेन्डिङ


यो वर्षको 'ऊत्कृष्ट डकुमेन्ट्रि अवार्ड' बिकास घले गुरुङलाई

बिगत ७ बर्षदेखी निरन्तर रुपमा आयोजना हुँदै आएको ‘छायाँछबि तीज म्युजिक अवार्ड’को सातौं संस्करण र चौथो काठमाण्डौ सर्टफिल्म फेष्टिवल औपचारिक रुपमा काठमाण्डौमा सम्पन्न भएको छ

होशियार ! लिम्पियाधुरा बेच्न-साट्न पाइन्न !!

माघ १ र २ गते दिल्लीमा नेपाल-भारत संयुक्त आयोगको परराष्ट्र मन्त्रीस्तरीय छैठौं बैठक बस्दै छ ! उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा

प्रचण्ड-माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक दिउँसो ११ बजे बस्ने भएको छ। पार्टीको कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्ने नेकपाका नेता

नेपाल-भारत संयुक्त आयाेगकाे बैठक बस्दै‚ सीमाको विषयमा छलफल नगर्ने भारतीय संकेत

काठमाडौं - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यतिबेला दिल्लीमा छन्। नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन उनी बिहीबार भारतको नयाँ दिल्ली पुगेका हुन्। उनलाई इन्दिरा गान्धी

अझै तीन दिन देशभर मौसममा बदली हुने

काठमाडौं - अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ। दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी विहारमा बनेको न्यून

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपिओ निष्काशन, कति कित्तासम्म आवेदन दिनु ठिक ?

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ। बैंकले सर्वसाधारण समूहतर्फको ८ करोड कित्ता आइपिओ छिटोमा माघ ६ गतेसम्म निष्काशन

विप्लव नेकपाले गर्‍यो नेपाल बन्दको घोषणा

काठमाडौं - आफ्ना नेता पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। केन्द्रीय नेता धर्मेन्द्र बाँस्तोलाको विरोधमा नेपाल बन्द सहितको

संसद विघटनविरुद्धको मुद्दाको सुनुवाइ आज पनि

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ आज पनि हुँदै छ । रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने

मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर - गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र

भारतमा किसानहरुकाे समर्थनमा अन्ना हजारे भाेक हड्तालमा उत्रँदै

नयाँ दिल्ली - सामाजिक कार्यकर्ता एवं भ्रष्टाचार विराेधी अभियान्ता अन्ना हजारेले फेरि भाेक हड्ताल गर्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री नरेन्द्र माेदीलाई पत्र लेख्दै किसान आन्दाेलन