चीनले थाल्यो सिगात्से-केरुङ रेलमार्ग निर्माण, केरुङ-काठमाडौँ कहिले ?

2020-03-14

काठमाडौं - छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ। रेलमार्गको दुरी ५४० किलोमिटर छ। जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग निर्माण कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ।

‘चीनले अब केरुङलाई रेलमार्गसँग जोड्ने निश्चित छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘केरुङ रेलमार्ग तिब्बत सरकारको प्राथमिकता हो। तर भौगोलिक जटिलताका कारण ढिलाइ भएको थियो। अब काम अघि बढेको छ।’ नेपालमा निकै समयदेखि केरुङमा रेल आउने विषयमा चर्चा हुँदै आएको छ। केरुङमा रेल आएपछि काठमाडौं ल्याउन सहज हुने विश्वास छ।

काठमाडौं–रसुवागढी (केरुङ सीमा) रेलमार्ग ७२ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। रसुवागढीदेखि केरुङसम्मको दुरी २५ किलोमिटर छ। नेपालमा चिनियाँ उच्च नेतृत्वको भ्रमण हुने तयारी छ। नेपालले चिनियाँ उच्च नेतृत्वसँग काठमाडौं जोड्ने रेलमार्गका लागि अनुदान दिन माग गर्नुपर्ने विज्ञहरूको सुझाव छ। तर भारतीय बजार सुनिश्चित हुँदामात्र चीनले नेपालतर्फ रेल ल्याउने चर्चा छ। त्यस कारण तत्काल उच्चस्तरको भ्रमण हुनुपर्ने अधिकारीहरू बताउँछन्। ‘केरुङ आइपुग्ने रेलमार्ग मानसरोवरतर्फ पनि जाने भनिएको छ। तर, अहिले सिगात्सेबाट करिब २ सय किलोमिटर अघि बढाएर आलीतर्फ लैजाने तयारी पनि रहेकाले यो मार्ग सीधै केरुङ आउने वा मआली (मानसरोबरको फेदी) पुग्ने हो निश्चित छैन’, ल्हासाबाट एक अधिकारीले भने, ‘जे होस् सिगात्सेबाट केरुङतर्फ रेलमार्ग सोझिएको छ।’

काठमाडौं केरुङ रेलको सम्भाव्यता अध्ययनको प्रारम्भिक प्रतिवेदन एक वर्षअघि तयार भएको छ। चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमा चाइना फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको थियो। त्यसपछि नेपाल र चीनबीच दुईपटक छलफल भएको छ।

ल्हासास्थित महावाणिज्य दूत गोविन्दबहादुर कार्कीले सीमामा रेल ल्याउने चिनियाँ प्राथमिकता रहेको बताए। उनले भने, ‘सिगात्सेबाट नेपालतर्फ रेल अघि बढ्छ तर यो भूगोल जटिल भएकाले निर्माणमा समय बढी लाग्न सक्छ।’

रेल परियोजनाका लागि सुरक्षाको ग्यारेन्टी, सुरुङ खन्दाको माटो व्यवस्थापन, वातावरणीय प्रभावलगायत विषयमा चीनले नेपालको साथ मागिरहेको छ। सबै परीक्षणपछि सम्भाव्यता अध्ययन पूरा हुनेछ र पूर्ण डीपीआर निर्माण अघि बढ्नेछ। यसमा नेपालले चीनको सहयोग माग गरिरहेको छ।

चिनियाँ पक्षले भने नेपालले तयारी अगाडि नबढाएको बताउँदै आएको छ। हिमाली भेग र संरक्षण क्षेत्र पर्ने हुनाले चीनले पनि नेपालको स्वीकृति कुरेको हुन सक्ने अधिकारीहरूले बताए। हिमाल छेड्ने वा माथिबाट ल्याउने विषय मुख्य चासो हो। हिमालका विषयमा चीन अग्रसर हुँदा विश्वको एजेन्डा बन्न सक्ने हुनाले यसमा चीन सचेत देखिएको ती अधिकारीको दाबी छ। निकै महँगो उक्त रेलमार्ग भूराजनीतिक आर्थिक दुवै पक्षसँग जोडिएको हुनाले केरुङसम्म आउने विषय पनि महत्त्व पाएको हो।




थप समाचार


शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

शहरबाट गाउँ फर्केर कृषि फार्म तथा अर्ग्यानिक होमस्टे संचालन

काठमाडौँ - शहरमा ब्यवसाय गर्दै आएका युवाले गाउँमा समेत नयाँ ब्यबसायको थालनी गरेका छन्। देशमा गाउँबाट सकेसम्म विदेश जाने नसके शहर भएपनि भासिने होडबाजी जस्तै ...

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

विश्वका घुम्नलायक उत्कृष्ट दश शहरमा काठमाडौँ पनि !

काठमाडौँ - नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत ...

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

कोरोना भाइरस सम्बन्धी थाहा पाइरख्नुहोस यी २४ तथ्य !

१. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन। यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित ...




ट्रेन्डिङ


उपत्यकामा कोरोनाका संक्रमित बढे, अस्पतालका आइसियु प्याक

काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा

सुकुटेमा बसले मोटरसाइकललाई ठक्कर दिंदा चालकको मृत्यु, एक गम्भीर

काठमाडाैं - काठमाडौंबाट दोलखा जाँदै गरेको बसले सिन्धुपाल्चोकको सुकुटेमा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। खाडीचौरबाट काठमाडौं आउँदै गरेको मोटरसाइकललाई सुकुटेमा बसले ठक्कर

जनमत पार्टीको अध्यक्षमा सिके राउत

काठमाडौं - जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्वाचित भएका छन्। जनकपुरमा गत शनिबार सुरु भएको प्रथम महाधिवेशनले राउतलाई अध्यक्षमा निर्वाचित गरेको हो। अध्यक्षमा राउतको मात्रै

ट्राफिक प्रहरीले सुरु गर्‍यो कोरोनाविरूद्ध सावधानी अभियान

काठमाडौं- कोभिड-१९ (कोरोना) भाइरस संक्रमणको दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनचेतनामूलक अभियान सुरु गरेको छ। महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको

कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी निर्वाचनमा जानुपर्छ : कोइराला

कास्की - नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍ शेखर कोइरालाले बताएका छन्। नेपाल

मन्त्रिपरिषद बैठक बस्दै, सीसीएमसीको प्रस्तावमाथि छलफल हुने

काठमाडाैं - आज (सोमबार) मन्त्रिपरिषद्‍को नियमित बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। आजको बैठकमा सीसीएमसीले

आन्तरिक उडानमा कोरोनाको असर न्यून

काठमाडाैं - अन्तरिक हवाई उडानमा कोरोनाको असर न्यून देखिएको छ। पछिल्लो महिनाको हवाई यात्रुको संख्या हेर्ने हो भने आन्तरिक उडान गर्दै आएका एयरलाइन्स कम्पनीले कोरोना