चिनियाँ राष्ट्रपति सी काेराेनाकाे उद्‌गमस्थलमा

2020-03-10

एजेन्सी - चिनियाँ राष्ट्रपति सी चिनफिङ काेराेना भाइरस (कोभिड-१९)काे उद्गमस्थल वुहान पुगेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार उनी काेराेनाकाे महामारीकाे निरीक्षणका लागि मंगलबार बिहान मध्य चीनको हुबेई प्रान्तको वुहान पुगेका हुन्।

काेराेनाकाे संक्रमण फैलिएपछि राष्ट्रपति सी पहिलो पटक वुहान पुगेका हुन्। गत डिसेम्बरमा हुबेईको प्रान्तीय राजधानीबाट काेराेनाकाे संक्रमण सुरु भएको थियो। यसकाे संक्रमण घट्दै गएपछि वुहान पुगेका राष्ट्रपति सीले प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार उनले वुहानका स्वास्थ्यकर्मी, चिनियाँ जनमुक्ति सेना, सामाजिक कार्यकर्ता, पार्टी कार्यकर्ता, स्वयंसेवक तथा बिरामीहरुलाई भेट्ने छन्।

डिसेम्बरमा चीनको मध्य क्षेत्रबाट सुरु भएकाे कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वभर फैलिएकाे छ। कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित हुने मुलुकहरूमा इटाली, दक्षिण कोरिया, इरान, फ्रान्स र जर्मनी रहेका छन्।

चीनमा मंगलबार बिहानसम्म काेराेनाकाे संक्रमणबाट ३ हजार एक सय ३६ को मृत्यु भएको छ। ८० हजारभन्दा बढीमा संक्रमण देखिएको छ। त्यसमध्ये ६० हजारभन्दा बढी निको भइसकेका छन्। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)का अनुसार सोमबार मात्रै चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ