इटालीमा कोरोनाबाट एकैदिनमा १०० जनाको मृत्यु, दक्षिण कोरिया र इरानमा पनि संक्रमण तिब्र

2020-03-10

रोम - युरोपेली राष्ट्र इटालीमा कोभिड–१९ कोरोना भाइरस तीब्र गतिमा फैलिएको छ। यस भाइरसको संक्रमणबाट मृत्यु हुनेको दर अन्य मुलुकको तुलनामा इटालीमा उच्च देखिएको छ।

इटालीमा मात्रै एकैदिनमा थप एक सयले ज्यान गुमाएका छन्। अन्तराष्ट्रिय सञ्चार माध्याममा आएका खबर अनुसार मंगलबार बिहानसम्म इटाली कोभिड–१९ भाइसरबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको छ। सोमबार मात्रै थप १ सयले ज्यान गुमाएका हुन्।

यस भाइरसको संक्रमण र मृत्युको आँकडामा चीनपछि इटाली दोस्रो स्थानमा देखिएको छ। सोमबारसम्म चीनपछि संक्रमितको संख्या दक्षिण कोरियामा बढी देखिएकोमा मंगलबार इटाली अगाडी आएको हो।

इटालीमा हालसम्म ९ हजार १ सयभन्दा बढीमा संक्रमणको पुष्टि भएको छ। दक्षिण कोरियामा करिब साँढे ७ हजार संक्रमित देखिएका छन्। पछिल्लो जानकारी अनुसार कोरियामा यस भाइरसका कारण ५३ जनाले ज्यान गुमाएका छन्। इरानमा पनि कोभिड–१९ भाइरस तीब्र गतिमा फैलिएको छ। करिब ७ हजार १ सय संक्रमित देखिएका छन् भने मंगलार बिहानसम्म २३७ जनाको मृत्यु भइसकेको छ।

यस भाइरस सुरु भएको चीनमा ३१ सय भन्दा बढीको मृत्यु भएको छ। करिब ८० हजार संक्रमित देखिएका छन्। पछिल्ला दिनमा मृत्यु दरमा नियन्त्रण गर्न चीन सफल देखिएको छ। सोमबार चीनमा थप १७ जनाको मृत्यु भएको समाचार एजेन्सी सिन्हवाले जनाएको छ।

कोभिड–१९ भाइरस तीब्र गतिमा फैलिएपछि इटालीमा सभा, समारोहमा भाग लिन रोक लगाइएको छ। सरकारले नागरिकलाई सकेसम्म घरमै बस्न निर्देशन दिएको छ। करिब ६ करोड इटालीबासीलाई घरमै बस्न निर्देशन दिइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ