युएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखियो

2020-03-10

युएइ - संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना (कोभिड–१९) पुष्टि भएको छ । सोमबार कोरोना पोजेटिभ देखिएका १४ नयाँ केसमा दुई नेपाली रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली राजदूत कृष्णप्रसाद ढकालले पनि दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । ‘हामी युएई सरकारसँग सम्पर्कमा छौँ । दुई नेपालीलाई कोरोना पुष्टि भएको खबर पाएका छौँ । थप सूचना लिन प्रयत्नशील छौँ,’ ढकालले टेलिफोनमा भने । युएईले नेपाललाई औपचारिक जानकारी भने दिएको छैन ।

सोमबार कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् । आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । हाल उनको स्वास्थ्यमा सुधार भएको जानकारी आएको अस्ट्रेलियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख दुर्पदा सापकोटाले बताइन् । संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको पनि उनले बताइन् ।

कोरोना परीक्षणमा परिवर्तन
डब्ल्युएचओ र चीनले संयुक्त रूपमा गरेको अनुसन्धानले कोरोनाको लक्षणबारे स्पष्ट पारेको छ । १६ देखि २४ फेब्रुअरीसम्म भएको अनुसन्धानले खासगरी ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वासमा समस्या हुनुलाई कोरोनाको मुख्य लक्षण भनेको छ ।

कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ज्वरो, ६७ प्रतिशतमा सुक्खा खोकी, ३८ प्रतिशतमा थकान, ३३ प्रतिशतमा खकारसहितको खोकी, १८ प्रतिशतमा श्वासप्रश्वासको समस्या, १४ प्रतिशतमा घाँटी दुख्ने समस्या पाइएको भेटिएको छ । तर, विगतमा भन्दै आएको रुघाखोकी भने देखिएको छैन ।

संयुक्त अभियानमा चीन, जर्मनी, जापान, कोरिया, नाइजेरिया, रसिया, सिंगापुर, अमेरिका, विश्व स्वास्थ्य संगठनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले नौ दिन लगाएर विशेष रिपोर्ट सार्वजनिक गरेका हुन् । ५५ हजारभन्दा बढी संक्रमित केसलाई लिएर अध्ययन गरिएको थियो ।

यो रिपोर्टसँगै नेपालमा पनि कोरोना भाइरस परीक्षणको विधि परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले परीक्षण विधि परिवर्तन भएको बताए । अब रुघाखोकीलाई कोरोनाको रूपमा आशंका गरिने छैन । कोरोना भाइरस मौसमी फ्लुजस्तो नभएको उनले बताए ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ