इटालीमा तिब्र गतिमा फैलिंदै काेराेना, ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

2020-03-10

एजेन्सी - कोरोना भाइरस (कोभिड-१९)ले विश्व नै त्रसित बनिरहेको छ। यसैक्रममा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न इटालीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। काेराेनाकाे संक्रमणलाई ध्यानमा राखेर विभिन्न संक्रमित सहरहरूमा सवारी प्रतिबन्ध लगाएको इटाली सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ।

बीबीसीका अनुसार इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। प्रधानमन्त्रीले अत्यधिक जोखिममा रहेका मानिसको सुरक्षाको निम्ति उक्त कदम उठाइएको बताए। आफ्नो टेलिभिजन सम्बोधनमा उनले भने, 'अब हामीसँग धेरै समय छैन।' प्रधानमन्त्री कोन्टेले इटालीको प्रचलन परिवर्तन हुनुपर्ने उल्लेख गर्दै सबै मानिस घरभित्रै रहनु नै उत्तम विकल्प भएको बताए।

सोमवार इटालीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर ४६३ पुगेको छ। इटालीमा चीनपछि सर्वाधिक मानिस सङ्क्रमित भएका छन्। आधिकारिक तथ्याङ्कानुसार आइतवार सङ्क्रमित मानिसको सङ्ख्या पनि २४ प्रतिशतले बढेको छ।

इटालीमा विद्यालय र विश्वविद्यालयहरू अप्रिल ३ तारिख सम्मका निम्ति बन्द गरिएका छन्। प्रधानमन्त्रीले देशव्यापी रूपमा फुटबललगायतका सबै खेल स्थगित गरिएको जानकारी दिए।




थप समाचार


अमेरिकाका ३७ राज्यका विद्यालय बन्द गर्ने घोषणा (सूचीसहित)

अमेरिकाका ३७ राज्यका विद्यालय बन्द गर्ने घोषणा (सूचीसहित)

न्युयोर्क - विश्वव्यापी रुपमा महामारीको रूपम लिएको कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि अमेरिकाले ३७ राज्यका विद्यालय बन्द गरेको छ। विद्यालयमा बालबालिकाको जमघट बढी हुने ...

विश्‍वभर आज : नेपालका छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो, सुकीको सम्‍मान खोसियो

विश्‍वभर आज : नेपालका छिमेकी देशहरुमा कोरोना संक्रमण बढ्दो, सुकीको सम्‍मान खोसियो

विश्वभर कोरोना भाइरसको महामारी फैलिरहँदा यसबाट जोगिने अनेक उपाय खोजिँदैछ । वैज्ञानिकहरु यसविरुद्धको खोपको परीक्षण गर्दैआएका छन् । बिबिसीका अनुसार वैज्ञानिकहरुले यस्तो खोपको विकास गरी ...

टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट

टर्कीको संसद बैठकमै सांसदहरुबीच कुटाकुट

अंकारा - टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो ...





ट्रेन्डिङ