उपत्यकाभित्र अपराधका सात मुख्य क्षेत्र पहिचान, कुन क्षेत्रमा कस्ता अपराध ?

2020-03-09

टेकु : उपत्यकाका तीन जिल्लाअन्तर्गत मुद्दा दर्ता हुने प्रहरीका २१ युनिट छन् । यीमध्ये तीन परिसर कार्यालय र १८ वृत्त कार्यालय छन् । प्रहरी तथ्यांकअनुसार सबैभन्दा धेरै मुद्दा महानगरीय प्रहरी परिसर, टेकुमा दर्ता हुन्छ । आर्थिक वर्ष ०७५÷७६ मा टेकुमा मात्रै एक हजार ६ सय ३८ मुद्दा दर्ता भए । अधिकांश मुद्दा बैंकिङ कसुर, साइबर अपराध र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, बलात्कार, ठगी तथा लागुऔषधसँग सम्बन्धित मुद्दा धेरै दर्ता भएका छन् । अपराधमा टेकु, सुन्धारा र बागमती नदी आसपासका क्षेत्र बढी संवेदनशील छन् ।

महाराजगन्ज : राष्ट्रपति कार्यालय हुँदै नयाँ बसपार्क, टोखा, बूढानीलकण्ठ, बाँसबारी, तारेभिरदेखि शिवपुरी राष्ट्रिय निकुञ्जसम्मको सुरक्षा जिम्मा महाराजगन्ज वृत्तको हो । तर, सबैभन्दा धेरै अपराध हुने गोंगबु र नयाँ बसपार्क क्षेत्र हो । यो क्षेत्रमा खासगरी बलात्कार, लागुऔषध, गुण्डागर्दी, चोरी, डकैतीलगायत अपराध धेरै हुन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा महाराजगन्ज वृत्तमा मात्रै नौ सय तीन मुद्दा दर्ता भए । सबैभन्दा धेरै बैंकिङ कसुर र सार्वजनिक मुद्दा छन् । बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी अपराध पनि उत्तिकै धेरै छन् ।

बौद्ध : मुद्दा दर्ताका आधारमा सबैभन्दा धेरै अपराध हुने क्षेत्र बौद्ध हो । यस क्षेत्रका तिनचुले, जोरपाटी, नयाँबस्ती र बौद्ध आसपासका क्षेत्रमा धेरै अपराध हुने गरेका छन् । तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा बौद्ध क्षेत्रमा मात्रै आठ सय २० मुद्दा दर्ता भएका थिए । अधिकांश मुद्दा बैंकिङ कसुर र सार्वजनिक अपराधका छन् । त्यसपछि चोरी, ठगी, बलात्कार र जुवासम्बन्धी अपराध यो क्षेत्रमा धेरै हुने गरेका छन् ।

बानेश्वर : मुद्दा दर्ताका आधारमा बानेश्वरमा पनि धेरै अपराध हुने गरेको देखिन्छ । खासगरी कोटेश्वर र बागमती नदी किनारका सुकुमबासी बस्ती क्षेत्रमा अपराधका धेरै घटना हुने गरेको प्रहरी तथ्यांक छ । आर्थिक वर्ष ०७५/७६ मा बानेश्वर वृत्तमा सात सय ९३ मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै बलात्कार, चोरी, ठगी र लागुऔषधसम्बन्धी मुद्दा धेरै छन् ।

ललितपुर : ललितपुरमा खासगरी झम्सिखेल आसपासको क्षेत्रमा बढी अपराधका घटना हुने गरेको तथ्यांकले देखाउँछ । यो क्षेत्रमा ०७५/७६ मा सात सय दुई अपराध भए । तीमध्ये अधिकांश अपराध सार्वजनिक मुद्दासँग सम्बन्धित थिए । त्यसबाहेक लागुऔषध, बलात्कार, चोरी र ठगीसँग सम्बन्धित मुद्दा धेरै छन् ।

कालिमाटी : कालिमाटी प्रहरीले हेर्ने क्षेत्रमध्ये कुलेश्वर, कलंकी आसपासमा धेरै अपराध हुने गरेको छ । ०७५/७६ मा महानगरीय प्रहरी वृत्त कालिमाटीमा ६ सय ८० अपराधका मुद्दा दर्ता भए । यीमध्ये अधिकांश बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित छन् । त्यस्तै, चोरी, ठगी, बलात्कार र लागुऔषधसँग सम्बन्धित अपराध पनि यस क्षेत्रमा धेरै हुने गरेका छन् ।

गौशाला : गौशाला प्रहरीमा ०७५/७६ मा ६ सय ३४ मुद्दा दर्ता भएका थिए । तीमध्ये बैंकिङ कसुर र सार्वजनिक अपराधसँग सम्बन्धित धेरै छन् । त्यसबाहेक चोरी, लागुऔषध, ठगी र बलात्कारका घटना पनि धेरै छन् । विशेषगरी पशुपति, गौशाला, तिलगंगा आसपासका क्षेत्रमा अपराधका घटना धेरै हुने गर्छन् ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...





ट्रेन्डिङ